असान्ज विरुद्धको यौन दुर्व्यवहार अभियोग पुनः अघि बढाइने : उपनिर्देशक पेर्सन | Khabarhub Khabarhub

असान्ज विरुद्धको यौन दुर्व्यवहार अभियोग पुनः अघि बढाइने : उपनिर्देशक पेर्सन


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वीडेन– स्वीडेनले गोप्य दस्तावेज सार्वजनिक गरेर तहल्का मच्चाएको वेबसाइट विकिलिक्सका संस्थापक जुलियन असान्जमाथि लागेको यौन दुर्व्यवहारको अभियोग पुनः अघि बढाउने भएको छ ।

स्वीडेनको सार्वजनिक अभियोजनकर्ताको कार्यालयकी उपनिर्देशक एभा मरि पेर्सनले असान्जविरुद्धको अभियोग पुनः अघि बढाइने जनाएकी हुन् । यसअघि बेलायतको राजधानी लण्डनमा रहेको इक्वेडोरको राजदूतावासमा शरण लिएर बसेपछि स्वीडेनले उनीविरुद्धको अभियोग फिर्ता गरेको थियो ।

तर, अब उनी दूतावासबाट बाहिर निस्किसकेपछि उनीविरुद्धको कानूनी कारवाही अघि बढाउन मिल्ने जनाइएको छ । उनलाई अघिल्लो महिना इक्वेडोरले शरण फिर्ता लिएपछि पक्राउ गरिएको छ ।

जमानत म्याद उल्लङ्घन गरेको अभियोगमा दोषी पाइएपछि उनी हाल लण्डनको बेलमार्श जेलमा ५० साताको सजाय काटिरहेका छन् । उनलाई स्वीडेनमा सन् २०१० यता यौन दूराचारको अभियोग लाग्र्दै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ९ : ४१ बजे

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको