इराकमा कुर्दहरुको सामूहिक चिहान फेला | Khabarhub Khabarhub

इराकमा कुर्दहरुको सामूहिक चिहान फेला


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद- पूर्व शासक सद्दाम हुसैनले आम नरसंहार गरेको भनि विश्वास गरिने कुर्दहरुको सामूहिक चिहान फेला परेको छ । उत्तरी इराकको समावा शहरबाट १ सय ७० किलोमिटर टाढा मरुभूमिमा कुर्दहरुको सामूहिक चिहान फेला परेको हो । चिहानमा सन् ८० को दशकमा बेपत्ता पारिएको बताइने कुर्दहरुको अवशेष रहेको बताइएको छ ।

सामूहिक चिहान उत्खनन कार्यक्रममा सहभागी उत्तरी इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानका राष्ट्रपति बरहान सलिहले कुर्दहरुविरुद्ध सद्दाम हुसैनले गरेको अपराध बिर्सन नसकिने टिप्पणी गरेका छन् ।

सन् १९८० को दशकमा सद्दाम हुसैनले इराकका अल्पसङ्ख्यक कुर्दिस जातिका मानिसहरुविरुद्ध अन्फल नामक सैनिक कारवाही गरेका थिए । सैनिक कारवाहीका क्रममा कुर्दबहुल पूरै गाउँ नै सखाप भएका थिए । उक्त सैनिक कारवाहीमा प्रतिबन्धित रासायनिक ग्यासको पनि प्रयोग गरेको हुनसक्ने बताइन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ८ : २६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन