आगामी वर्ष वृद्धभत्ता बढाइने, ज्येष्ठ नागरिकका लागि १ लाखको स्वास्थ्य बिमा | Khabarhub Khabarhub

आगामी वर्ष वृद्धभत्ता बढाइने, ज्येष्ठ नागरिकका लागि १ लाखको स्वास्थ्य बिमा


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी बजेटमा सामाजिक सुरक्षा योजनाअन्तर्गत वृद्धभत्ता बढाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा वृद्धभत्ता बढाइने घोषणा गरेका हुन् ।

आइतबार ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता’ नामक राष्ट्रिय अभियानको घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाइने बताएका हुन् ।

नयाँ वर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रुपमा मनाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सरकारले ज्येष्ठ नागरिकका लागि १ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा पनि घोषणा गरेको छ । उक्त बिमाको प्रिमियर सरकार आफैंले तिर्ने छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  २ : ५५ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने