‘यात्रा’ मा के छ ? सलिन र मलिकाले मन जित्छन् ? | Khabarhub Khabarhub

‘यात्रा’ मा के छ ? सलिन र मलिकाले मन जित्छन् ?


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रवारदेखि फिल्म ‘यात्रा’ नेपालभर रिलिज भएको छ । फिल्ममा सलिनमान बनिया, मलिका महत, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा निर्देशन सम्राट शाक्यको छ ।

नयाँ वर्षको अवसर पारेर रिलिज भएको यो फिल्म हेर्न दर्शक हलसम्म पुगेका छन् । फिल्म हेरेका दर्शकले मलिका र सलिनमानको कामलाई बढी रुचाएका छन् ।

फिल्ममा कथा के छ ?

एक कलेजका विद्यार्थीले एउटा डकुमेन्ट्री बनाउनुपर्ने हुन्छ, जुन डकुमेन्ट्रीले कसैको ‘लाइफ चेन्ज’ गर्न सकोस् । यही सिलसिलामा सलिनमान बनिया र उनका साथीहरु सोलुखुम्बुको एक गाउँ पुग्छन् । सोलुखुम्बुमा पुगेर तपस्यालाई भेट्छन् । त्यसपछि अगाडि बढ्दै जाने कथा फिल्ममा छ । मसालेदार फिल्म मन पराउने दर्शकलाई यो फिल्मले तानिरहेको छ ।

फिल्मबाट सलिन र मलिकाको तारिफ

सलिनमानका लागि यो फिल्म दोस्रो फिल्म हो । यसअघि उनले फिल्म ‘ए मेरो हजुर २’ मा अभिनय गरेका थिए । उक्त फिल्ममा सलिन एक लभर ब्याइका रुपमा प्रस्तुत भएका थिए भने ‘यात्रा’ मा उनी एक्सनका साथ उत्रिएका छन् ।

उनको एक्सन पक्षलाई पनि दर्शकले रुचाएका छन् । पहिलेका तुलनामा सलिनले आफूमा निखारता ल्याएको पनि कतिपयको विश्लेषण छ ।

यही फिल्मबाट नेपाली फिल्म उद्योगमा भित्रिएकी मलिका महतले यो फिल्मबाट बलियो सम्भावना छोडेकी छिन् । फिल्ममा उनी एक दृष्टिविहीन गायिका हुन्छिन्, जसको स्वर मीठो छ । उनमा गीत गाउने धोको छ ।

अभिनयका हिसाबले मलिकाको कामको तारिफ गरिएको छ । पहिलो डेब्यु फिल्ममा उनले देखाएको सम्भावनालाई फिल्मकर्मीले पनि नोटिस गरेका छन् ।

फिल्ममा म्यासेज के छ ?

‘यात्रा’ टिमले फिल्ममार्फत अरुलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश छोडेको छ । सामाजिक सञ्जाललाई सदुपयोग गर्न सक्यो भने यसका फाइदा छन् भन्ने सन्देश फिल्ममार्फत निर्देशकले दिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  २ : ५५ बजे

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ