निराशाजनक ‘हार’ बिर्साउने नेपाली क्रिकेटको त्यो सफलता | Khabarhub Khabarhub

निराशाजनक ‘हार’ बिर्साउने नेपाली क्रिकेटको त्यो सफलता




काठमाडौं– यतिबेला नेपाली खेलप्रेमीको नजर नेपालगञ्जतर्फ मोडिएको छ । २०७३ सालमा पूर्वाअञ्चलमा सातौं राष्ट्रिय खेलकुद सम्पन्न भएपछि आठौं राष्ट्रिय खेलकुदको आयोजनाको जिम्मा पाएको प्रदेश नम्बर ५ (साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र) को नेपालगञ्जमा यतिबेला आठौं राष्ट्रिय खेलकुदको रौनकताले ढपक्कै ढाकेको छ ।

वैशाख ५ गते औपचारिक उद्घाटन हुने प्रतियोगिताका कतिपय खेल भने चैत्र २७ गतेदेखि नै शुरु गरिसकिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आफ्नो ४ वर्षे कार्यकालमा २ पटक राष्ट्रिय खेलकुद आयोजना गर्नुलाई महत्त्वपूर्ण सफलताका रुपमा दर्शाएका छन् ।

यसअघिको राष्ट्रिय खेलकुदको इतिहास हेर्ने हो भने पनि कतिपय अवस्थामा राष्ट्रिय खेल समयमा सम्पन्न हुन सकेका थिएनन् । यसअघि लामो समयसम्म पनि प्रतियोगिता सम्पन्न हुन नसकेको खेलको इतिहास छ । खेल विश्लेषकहरुले बाह्र वर्षसम्म पनि प्रतियोगिता हुन नसकेका बताउँदै आएका छन् । यस अर्थमा यतिबेला हुन लागेको राष्टिय खेलकुदलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

गतवर्षको खेल इतिहासको तुलनामा वर्ष २०७५ मा नेपालले महत्त्वपूर्ण सफलता हात पारेको छ । यता आठौं राष्ट्रिय खेलकुदको रौनक थपिँदै जाँदा पूर्वाधार निर्माणमा चरम लापरवाही भएको भन्दै आवाज पनि उठिरहेका छन् । आठौं राष्ट्रिय खेलकुदको उद्घाटन हुने नेपालगञ्ज रंगशालाको प्यारापिट निर्माणमा संलग्न इन्जिनियरहरुले समयमा नै कामले पूर्णता पाउनेमा आशंका गरिरहेका छन् ।

वर्ष २०७५ मा नेपालले इन्डोनेसियाको जकार्तामा सम्पन्न एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामा नेपालले २९ स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । तर, उक्त प्रतियोगितामा नेपालले १ रजत पदक हात पारेपनि समग्रमा निराशाजनक प्रदर्शन गर्‍यो । यसअघि प्रतियोगितामा पदक ल्याउन सफल नेपालका पदक ल्याउन सक्ने खेलको नतिजाले आम खेलप्रेर्मी लाई निराश बनाएको थियो ।

निराशाकै बीच पहिलो पटक सहभागीता जनाएको नेपाली प्याराग्लाइडिङ टोलीले रजत पदक जित्दा नेपाल एसियाडमा पदक विहीन हुनबाट जोगिएको थियो । तर, माघ तेस्रो साता नेपाली राष्ट्रिय क्रिकेट टोलीले युनाइटेड अरब इमिरेष्ट्स (यूएई) विरुद्धको एकदिवसिय तथा ट्वान्टी—२० शृङ्खला गरी दुवैमा २—१ जीत हात पारेको थियो । एकदिवसिय अन्तराष्ट्रिय मान्यता पाएपछि पहिलो शृङ्खालामै उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वसामू चिनाउन सफल क्रिकेटले नेपाली खेल प्रेमीमा यसअघि छाएको निराशालाई केही हदसम्म बिर्साउन सफल भएको थियो ।

निराशाजनक अन्तर्राष्ट्रिय सहभागिता

वर्ष २०७५ अन्तर्राष्ट्रिय सहभागीतका हिसावमा निराशाजनक वर्ष रह्यो । इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदको महासंग्राम एसियाडमा नेपालको सहभागीता निराशाजनक रह्यो । नेपालले सहभागीता जनाएका २९ खेलमध्ये प्याराग्लाइडिङमा मात्रै पदक हासिल गर्न सक्यो । प्याराग्लाइडिङले रजत पदक हात पारेसँगै नेपाल उपाधिविहीन हुनबाट जोगियो ।

प्याराग्लाइडिङ बाहेक नेपालले सहभागीता जनाएका अन्य खेलको नतिजा सम्झन लायक रहेन । अन्य खेलमा खेलाडीहरुले एक्सपोजर नपाएको प्रतिक्रिया दिए पनि राष्ट्रिय खेलकुद परिष्दका सदस्य सचिवले पदक नआउनु दु:खद भन्दै सबै जिम्मेवारी आफुले लिने बताएका थिए ।

यस्ता प्रतियोगिताहरुमा कुनै आमुख व्यक्तिले कमजोरी स्वीकार्नु भन्दा पनि खेलकुदमा लगानी बढाउनु आवश्यक छ । यस्तै, पदक ल्याउन सक्ने खेलहरुलाई प्राथमिकताका हिसावले बजेट विनियोजन गर्नुपर्छ ।

यस्तै, फाल्गुनमा हुने भनिएको दक्षिण एसियाली खेलकुदको कुम्भमेला दक्षिण एसियाली खेलकुद प्रतियोगिता भौतिक पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीका कारण सारिएको छ ।

क्रिकेटका लागि सुखद् वर्ष

२०७५ साल नेपाली क्रिकेटका लागि सफल वर्ष रह्यो । २०७४ सालको अन्तिम तिर नेपालले एकदिवसिय अन्तराष्ट्रिय मान्यता पाएको थियो । एकदिवसिय मान्यता पाएपछि नेपालले खेलेको युएईसँगको पहिलो एकदिवसिय शृङ्खला आफ्नो पक्षमा पार्दै इतिहास रचेको थियो ।

युएईमा भएको जनवरी २६ देखि फ्रेबु्रअरी ३ सम्मको तीन एकदिवसिय अन्तराष्ट्रिय तथा तीन ट्वान्टी—२० क्रिकेट शंङ्खलामा दुवै खेलमा समान २—१ को नतिजा सहित स्वदेश फर्किएको थियो । नेपाली क्रिकेटमा एतिहासिक सफलता हासिल गरीरहँदा २०७२ साल देखि प्रतिवन्धमा परेको नेपाल क्रिकेट संघ क्याको प्रतिवन्ध भने फुकुवा हुन हुन सकेको छैन् । साथै, ४ वर्षका लागि पाएको एकदिवसिय अन्तराष्ट्रिय मान्यता जागाउनु पर्ने चुनौति नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रहेको छ । अभिभावक संस्था नै प्रतिवन्धमा रहेका कारण आईसीसी आफैले नेपाली टोलीका लागि खेलको प्रवन्ज्ध मिलाउँदै आएको छ ।

यतिहुँदा हुँदै पनि नेपालसँग एक अन्तराष्ट्रिय मान्यता प्राप्त क्रिकेट मैदान नभएको कुरा नेपाली क्रिकेट प्रसंशकले भुल्न सकेका छैनन् । लामो समयदेखि मुलपानीमा निर्माणाधीन क्रिकेट मैदान बीचैमा रोकिएको छ ।

क्रिकेटमा घरेलु प्रतियोगिताहरुले पनि आफ्नो माहौल बनाएका छन् । यसअघि देखि निरन्तर हुँदै आएका धनगढी प्रिमियर लिग, एभ्रेष्ट प्रिमियर लिग सँगै यो वर्षदेखि पोखरा प्रिमियर लिग पनि सुरु भएको छ भने पुरुष क्रिकेट लिगसँगै महिला क्रिकेट लिगका लागि पनि २ प्रतियोगिताको घोषणा भएको छ । त्यसकारण पनि नेपालका लागि यो वर्ष क्रिकेटमा शुखद् रह्यो ।

जुर्मुराएको घरेलु फुटबल

नेपाली फुटबल जगतमा वर्ष २०७५ केही सुखद् त केही निराशाजनक कामहरु भए । लामो समयदेखिको अलपत्र अवस्थामा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ कार्यसमिति पायो । नयाँ कार्यसमितिको नेतृत्व पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले पाए । उनले आफ्नो प्रतिवद्धता अनुसार नै एन्फालाई अगाडि बढाउने क्रममा ४ वर्षदेखि रोकिएको सहिद स्मारक ए डिभिजन लिग सञ्चालन गरे । त्यो सँगै बि र सी डिभिजन पनि भए भने मोफसलमा पनि फुटबलले नयाँ माहौल बनायो ।

तर, रेलिगेशन विना गरीएको ए डिभिजन लिगले नत मैदानमा उत्हासजनक सहभागीता देखियो नत, दर्शकलाई नै मैदानसम्म तान्न सक्यो । रेलिगेशनमा नपर्ने भएपछि क्लबहरुले पनि खेलाडी तथा प्रतियोगितामा राम्रो मन लायनन् । पूर्व देखि पश्चिम धनगढी सम्म फुटबल प्रतियोगिता भए तर, विवाद र आलोभना रहित हुन सकेनन् । कहि आयोजकलाई लिएर विवाद भए त कही खेलाडी र रेफ्रीका निर्णयलाई लिएर ।

यस्तै, नेपाली फुटबलको अन्तराष्ट्रिय सफलताका रुपमा हेर्नु पर्दा साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुग्न सक्यो भने एसियन गेम्समा राम्रो नतिजा निकाल्न सकेन । यस्तै, महिला फुटबलमा नेपाली महिला टोलीले भारतको हिरो गोल्डकपमा उपाधि उचालेको थियो । पहिलो पटक नेपालमा आयोेजना भएको साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको थियो ।

खेलाडीको प्रदर्शन सुधारउन्मूख रहेको प्रशिक्षकले बताउँदै आएका छन् । कुनै पनि खेलमा सफता हासिल गर्न त्यसका खेलाडी देखि खेल मैदानसम्ममा उल्लेख्य लगानीको आवश्यकता पर्दछ र नेपाली फुटबलमा पनि एन्फा तथा सरकारले लगानीमा जोड दिनु पछै । नेपाली फुटबल यतिबेला रंगशाला विहीन छ । दशरथ रंगशालाको निर्माण समयमा नहुँदा नेपाली फुबटलले माहौल बनाउन नसकेको विष्लेषको भनाइ छ ।

लय खोज्दै भलिबल

भलिबलका लागि पनि वर्ष २०७५ शुखद् रह्यो । नेपाली भलिबल टोलीले एसियाली खेलकुदमा देखाएको प्रदर्शनले नेपाली भलिबल टोली एसियाली बरियतामा १५ औं स्थानमा रहेको छ ।

एसियाली खेलकुदमा नोपाली टोलीले मंगोली र किगिस्तानलाई पराजित गरेको थियो । जुन प्रदर्शनलाई आधार मान्दै नेपाली टोलीको वरियतामा वृद्धी भएको थियो । २०७३ मा राष्ट्रिय खेल बनेको भलिबलका अन्तराष्ट्रिय प्रतियोगिता नभएपनि मोफसलतिर विभिन्न स्थानीय ,प्रदेशीक तथा राष्ट्रिय प्रतियोगिता भइरहेका छन् ।

मोफसलमा उल्लेख्य प्रतियोगिता भइरहेपनि नेपाल भलिबल संघले सम्मन्वय भने देखिदैन् । मोफसलका प्रतियोगिता भए नोपल भलिबल संघले मध्यस्थकर्ता बन्नु बाहेक अन्य सहभागीता भने देखिदैन् । पुरुषसँगै नेपालमा महिला भलिबलका प्रतियोगिताहरु पनि भइरहेका छन् । महिला तथा पुरुष भलिबल खेलाडी मोफसलमा विभिन्न संघ तथा संस्थाहरुले आयोजना गर्ने प्रतियोगिताहरुमा व्यस्त रहनु खेलाडीका लागि शुखद् कुरो हो । तर, त्यतिले मात्रै हूँदैन उनीहरुको पारिश्रमीकको विषय पनि मुख्य बन्नु पर्छ ।

तर, पनि राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदी भट्ट मोफसलका प्रतियोगितामा राम्रो सहभागीता रहेको उल्लेख गर्दै उनीहरुलाई राष्ट्रिय टोलीसम्म पुसर्याउन सरकारले विभिन्न प्रतियोगिता सञ्चालन गर्नु पर्ने बताए । नेपाल भलिबल संघका महासचिव जीतेन्द्र बहादुर चन्द्र भने नेपाली भलिबलले मोफसलमा पनि आफुलाई व्यवस्थीत हुँदै गइरकेको बताउँछन्

नेपाली खेल संघहरुमा भइरहेको चरम राजनीति नेपाली खेलकुदको मुख्य बाध हो । यसको न्युनिकरण जरुरी छ । अब हाम्रा सामु चुनौतीका चाङ छन् । यी चुनौतीलाई अवसरमा बदल्नु हाम्रा लागि पहिलो प्राथमिकता हो । यसका लागि खेलाडीको स्तरवृद्धि, खेलमैत्री वातावरण, राजनीतिबाट अछूतो राख्ने प्रण गर्र्नैपर्छ । यतिमात्र नभएर खेलाडीलाई उत्साह दिलाउन प्रोत्सानसँगै उनीहरुको भविष्य सुनिश्चित हुने वातावरण बनाइनुपर्छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  २ : ०० बजे

गण्डकीका बिनाविभागीय मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई