अमेरिका–जापानबीच व्यापार वार्ता शुरु हुँदै | Khabarhub Khabarhub

अमेरिका–जापानबीच व्यापार वार्ता शुरु हुँदै


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– संयुक्तराज्य अमेरिका र जापानबीच वासिङ्टन डिसीमा सोमबारदेखि व्यापार वार्ता शुरु हुँदैछ । दुबै देशबीच देखिएका व्यापारसम्बन्धी असमझदारी तत्कालै हल गर्ने उद्देश्यले वार्ता हुन लागेको हो ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीबीच दुई दिने वार्ता हुन लागेको हो ।

गत साता टोकियोमा अर्थमन्त्री मोटेगीले सोमबारको वार्तामा दुई देशबीच देखिएका व्यापार सम्बन्धी मुख्यमुख्य विषयमा छलफल हुने बताएका थिए ।  वार्ता मुख्यतः जापान र अमेरिकाका सामानका विषयमा केन्द्रित हुने जानकारी उनको भनाइ थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका परम्परागत व्यापार साझेदारसँग पनि नयाँ सम्झौता गर्ने घोषणा गरिसकेका छन् । उनले अमेरिकी निर्यात वृद्धि गर्ने तथा वासिङ्टनको बढ्दो व्यापार घाटा कम गर्ने उपायका रुपमा अरु मुलुकबाट हुने आयातमा करवृद्धि गर्ने बताउँदै आएका छन् ।

गत वर्ष मे महिनामा राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनलाई विदेशी कार र जगेडा पार्टपूर्जामा २५ प्रतिशतसम्म कर वृद्धि गर्ने सम्भावनाको खोजी गर्न आदेश दिए । यो आदेशले जापान र युरोपेली मुलुकमा समस्या निम्त्याउने देखिएको छ ।

अमेरिकी राष्ट्रपतिले पटकपटक द्विपक्षीय व्यापारमा जापानले नाजायज फाइदा लिइरहेको भन्दै त्यसलाई कुनैपनि शर्तमा वार्ताद्वारा सुल्झाइने बताएका थिए ।

अमेरिकी कृषिमन्त्री सोन्नी पार्डुले गत बिहीबार कृषिजन्य वस्तुमा करकटौती गर्न जापानसँग तत्कालै समझौता गर्नुपर्ने अवस्था देखिएको बताएका छन् । तर जापानले यस विषयमा विमति राख्ने जनाइसकेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १ : ३८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न