नौ वर्षपछि नेपाल प्रौढ र ३५ वर्षपछि वृद्धहरूको देशमा पुग्ने ! | Khabarhub Khabarhub

नौ वर्षपछि नेपाल प्रौढ र ३५ वर्षपछि वृद्धहरूको देशमा पुग्ने !


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्पादनशीलभन्दा आश्रित जनसंख्या थोरै भएको यो अवस्था न इतिहासमा थियो, न भविष्यमा रहनेछ । उत्पादनशील अथवा १५ देखि ६४ वर्ष उमेरसमूहको जनसंख्या अहिले ६२.६८ प्रतिशत पुगेको छ । आश्रितभन्दा उत्पादनशील जनसंख्या धेरै भएको यो दुर्लभ समय देश निर्माणमा प्रयोग हुन्छ कि खेर जान्छ ? गम्भीर चासो र अविलम्ब पहलको आवश्यकता छ ।

सक्रिय जनसंख्या (काम गर्ने उमेर समूह) लाई देश विकासको आधार मानिन्छ । १५ देखि ६४ वर्ष उमेर समूहको यो जनसंख्या अधिक हुँदा देशले जनसांख्यिक लाभमार्फत विकासमा फड्को मार्ने संसारभरको अनुभव छ । नेपालमा यस्तो जनसांख्यिक लाभको अवसर अब २८ वर्ष मात्र बाँकी रहेको अध्ययनले देखाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

राष्ट्रिय योजना आयोग र युनिसेफले संयुक्त रूपमा गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार नेपालको जनसांख्यिक लाभको जम्मा अवधि ५५ वर्ष छ । यो सन् १९९२ देखि सुरु भएको हो । अर्थात् पछिल्लो २७ वर्षदेखि सक्रिय जनसंख्या (युथ कन्ट्री) को भएको देशका रूपमा नेपाल रहेको छ । यसको अन्त्य (घट्दो क्रम) सन् २०४७ देखि शुरु हुनेछ । यसको मतलब अबको २८ वर्षसम्म मात्रै नेपालले जनसांख्यिक लाभ पाउनेछ । विज्ञहरूका अनुसार नेपालले जनसांख्यिक लाभको ५१ प्रतिशत समयावधी बा“की छ भने ४९ प्रतिशत समय व्यतित भइसकेको छ ।

जनसांख्यिक लाभको अवधि के हो ?

काम गर्ने उमेर (१५ देखि ६४ वर्ष) को जनसंख्या सबैभन्दा बढी भएको अवधिलाई जनसांख्यिक लाभको अवधि भनिन्छ । आश्रित जनसंख्या (० देखि १४ वर्ष र ६५ वर्षभन्दा माथि)को तुलनामा काम गर्ने उमेरको जनसंख्या जुन बिन्दूबाट बढ्न शुरु हुन्छ, त्यो वर्षबाट जनसांख्यिक लाभ शुरु हुन्छ । यो विधिअनुसार योजना आयोग र युनिसेफले गरेको अध्ययनअनुसार सन् १९९२ बाट नेपालमा जनसांख्यिक लाभ शुरु भएको हो । त्यस्तै, जुन बिन्दूबाट काम गर्ने उमेरको जनसंख्या घट्न थाल्छ, त्यही वर्ष जनसांख्यिक लाभको अन्त्य भएको मानिन्छ । अध्ययनअनुसार सन् २०४७ मा जनसांख्यिक लाभ अन्त्य हुनेछ । यसरी नेपालमा जनसांख्यिक लाभ ५५ वर्ष कायम हुने अध्ययनको निष्कर्ष छ ।

६५ वर्ष वा त्योभन्दा बढी उमेरको जनसंख्या कुल जनसंख्याको ७ प्रतिशत वा त्यो भन्दा बढी भएमा त्यसलाई बुढ्यौलीमा प्रवेश गरेको समाज भनिन्छ । नेपाल ९ वर्षपछि सन् २०२८ मा बुढ्यौलीमा प्रवेश गरेको देश (एजिङ सोसाइटी) मा प्रवेश गर्ने प्रक्षेपण छ । यसको अर्थ ९ वर्षपछि नेपालमा ६५ वर्ष वा त्यो भन्दा बढी उमेरका मानिसको संख्या कुल जनसंख्याको ७ प्रतिशत नाध्नेछ ।

६५ वर्ष वा त्यो भन्दा बढी उमेरको जनसंख्या कुल जनसंख्याको १४ प्रतिशत वा त्यो भन्दा बढी भएको समाजलाई वृद्ध मानिस रहने समाज भनिन्छ । नेपाल सन् २०५४ अर्थात ३५ वर्षपछि वृद्ध मानिसको समाज (एज्ड सोसाइटी) मा प्रवेश गर्दैछ । अर्थात देशभित्र कम्तिमा पनि १४ प्रतिशत मानिस वृद्ध भइसकेका हुनेछन् प्रतिवेदन अनुसार सन् २०२८ देखि २०५४ सम्मको २६ वर्ष नेपालको लागि ‘एजिङ’ देखि र ‘एज्ड’ समाजको संक्रमणमा रहनेछ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ८ : ०८ बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।