अवैध हतियार बुझाउन गृहको आग्रह | Khabarhub Khabarhub

अवैध हतियार बुझाउन गृहको आग्रह


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरुपमा बुझाउन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को २०७५ फागुन २८ को निर्णयअनुसार गृहले सार्वजनिक सूचना प्रकाशित गरी कानूनबमोजिम लिनुपर्ने इजाजत नलिइ वा इजाजतपत्र नवीकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्युपश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले नेपाल राज्यभित्र कोही कसैले त्यस्तो अवैध हतियार भएमा बुझाउन सम्बन्धित सबैमा आग्रह गरेको हो ।

यसरी बुझाउन ल्याएमा यसअघि अवैध हातहतियार र खरखजाना राखेका कारणले मात्र त्यस्ता व्यक्तिलाई कुनै कानूनी कारवाही नचलाइने हुँदा तोकिएको समयभित्र अवैध हातहतियार तथा खरखजाना अनिवार्यरुपमा बुझाउनुहुन आग्रह गरिएको छ । यदि इजाजत प्राप्त नगरी आफूसँग रहेका हातहतियार तोकिएको अवधिभित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्तिउपर प्रचलित कानूनबमोजिम कारवाही गरिने गृह मन्त्रलायको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ११ : ३८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन