विप्लव बन्द : दिनभर के देखियो काठमाडौंमा ? (फोटो फिचर) | Khabarhub Khabarhub

विप्लव बन्द : दिनभर के देखियो काठमाडौंमा ? (फोटो फिचर)


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि प्रतिबन्ध लगाएपछि विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव पर्‍यो ।

मुलुकका अन्य केही जिल्लामा शंकास्पद वस्तु भेटिने र आगजनीका छिटपुट घटना घटेपनि काठमाडौंमा भने खासै प्रभाव परेन ।

पूर्व घोषित कार्यक्रम अनुसार विप्लव नेकपाले विहीबार नेपाल बन्द गरेको हो । तर मंगलबार सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि बन्दको असर ठूलै पर्ने आकलन सर्वसाधारणले गरेका थिए ।

विहीबार विहान आंशिक मात्रामा सवारी साधन चलेपनि दिउँसो भने निर्वाध चलेका थिए । तर, सामान्य दिनभन्दा केही कम मात्रामा देखिए । गन्तव्यमा पुग्ने यात्रुका लागि यात्रा केही असहज बनेपनि सडक खाली हुँदा जामको सास्तीबाट भने उनीहरुले छुटकारा पाए ।

बन्दलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था भने कडा बनाइएको थियो । चोक चोकमा प्रहरीको तैनाथी थियो ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ६ : ३७ बजे

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,