‘गाम्बिनो क्राइम’का बोस ‘फ्राङ्की ब्वाई’ मारिए | Khabarhub Khabarhub

‘गाम्बिनो क्राइम’का बोस ‘फ्राङ्की ब्वाई’ मारिए


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको न्यूयोर्क शहरमा सक्रिय कुख्यात आपराधिक समूह गाम्बिनो क्राइम फ्यामिलीका बोस बताइने फ्रान्सिस्को ‘फ्राङ्की ब्वाई’ क्यालीको गोली हानी हत्या गरिएको छ ।

न्यूयोर्क शहरको स्टेटेन टापुमा रहेको उनको घरअगाडी क्यालीको गोली हानी हत्या भएको अमेरिकी अधिकारीले जनाएका हुन् ।

न्यूयोर्क शहरका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार उनलाई ६ वा ७ पटक सम्म गोली हानीएको थियो । गोली हानेपछि उनको शरिरमाथिबाट बन्दुकधारीले पिकअप ट्रक गुडाएका थिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

५३ वर्षे क्यालीको हत्या हुनुको स्पष्ट कारण खुल्न नसकेको र त्यसबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् । गाम्बिनो क्राइम फ्यामिली इटालियन मूलका ५ मुख्य कुख्यात आपराधिक समूहमध्येको समूह बताइन्छ ।

यो समूहमाथि हत्या, सम्पत्ती शुद्धिकरण, गैरकानूनी जुवा सञ्चालन, लागूऔषधको कारोबार लगायतका गतिविधिमा संलग्न रहेको अभियोग लागेको छ । सन् २००८ मा क्यालीले विभिन्न आपराधिक अभियोगमा १६ महिना जेलसजाय भोगिसकेको बताइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ५ : ५० बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या