इथियोपियन विमानको ब्ल्याक बक्स पेरिस पुर्‍याइयो | Khabarhub Khabarhub

इथियोपियन विमानको ब्ल्याक बक्स पेरिस पुर्‍याइयो


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– १ सय ५७ जनाको ज्यान जानेगरी गत आइतबार दुर्घटनामा परेको इथियोपियन एयरलाइन्सको ब्ल्याक बक्स विशेषज्ञ अनुसन्धानका लागि फ्रान्सको राजधानी पेरिस पुर्‍याइएको छ ।

इथियोपियाका अधिकारीलाई दुर्घटनाग्रस्त बोइङ ७३७ म्याक्स ८ विमानको ककपिट भ्वाइस रेकर्डर तथा फ्लाइट डाटा रेकर्डर फ्रान्सको नागरिक उड्ययन सुरक्षा विश्लेषण तथा जाँचबुझ ब्यूरोलाई बुझाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पेरिसमा हुने विशेषज्ञ अनुसन्धानपछि विमान दुर्घटनामा पर्नुको कारण स्पष्ट हुने बताइएको छ । बोइङ ७३७ म्याक्स दुर्घटनामा परेपछि विश्वभर त्यस विमानको हवाई सुरक्षामा गम्भीर प्रश्न उठेको भन्दै विश्वका प्रमुख हवाई सेवा प्रदायकहरुले बोइङ ७३७ म्याक्स ८ विमान उडाएका छैनन् ।

बुधबारमात्रै अमेरिकाको संघीय उड्ययन निकायले बोइङ ७३७ म्याक्स ८ नउडाउन निर्देशन दिएको थियो । बोइङ कम्पनीले भने विज्ञप्ति जारी गर्दै अमेरिकी उड्ययन निकायको कदमको स्वागत गरेको जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ३ : ५१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०