बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा रौनियार पदमुक्त | Khabarhub Khabarhub

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा रौनियार पदमुक्त


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. राजकुमार रौनियारलाई पदबाट हटाएको छ ।

प्रतिष्ठानका सहकुुलपति समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको सिफारिसको आधारमा कुलपति एवं प्रधानमन्त्री केपी शर्माओलीले रौनियारलाई पदबाट हटाउने निर्णय गरेका हुन् ।

यसअघि फागुन १६ र १७ गते वालुवाटारमा बसेको प्रतिष्ठानको संचालक समिति (सिनेट) बैठकले सर्बसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट डा. रौनियारलाई हटाउने निर्णय गरेको थियो ।

सिनेटको सोही निर्णयको आधारमा स्वास्थ्य मन्त्री यादवले उपकुलपति रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेका थिए ।

सिनेट बैठकको निर्णय कार्यान्वयनको लागि सहकुलपतिले प्रधानमन्त्री समक्ष सिफारिस गर्ने र सोही आधारमा निर्णय हुने प्रावधान रहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ४ : १८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०