नूनको सोझो मात्रै होइन, जिम्मेवार भएर काम गरौँ : अध्यक्ष तिमिल्सेना | Khabarhub Khabarhub

नूनको सोझो मात्रै होइन, जिम्मेवार भएर काम गरौँ : अध्यक्ष तिमिल्सेना


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका यावत् समस्या समाधान गर्ने नीति निर्माताका साथमा रहेर भूमिका प्रदर्शन गर्दै आएको सङ्घीय संसद् सेवाका कर्मचारीले आज १३औँ संसद् सेवा दिवस नयाँ बानेश्वरस्थित संसद् भवनमा भव्यताका साथ मनाए ।

उच्च पदाधिकारीका साथमा रहेर काम गर्न पाए पनि आफ्ना समस्या र चुनौतीको तत्कालै सुनुवाइ नहुने प्रवृत्ति र आकर्षण नहुँदा सेवा नै छाडेर जाने मनोवैज्ञानिक स्थितिमा रहनुपरेको गुनासो उनीहरुले गरे ।

कार्य र जिम्मेवारी निजामती सेवाभन्दा फरक प्रकृति भएको तथा अन्तरराष्ट्रिय अभ्यास र प्रयोगमा समेत संसद्लाई विशिष्ट र विशेषज्ञसहितको स्वायत्त सेवाका रुपमा विकास गर्ने हेतुले विसं २०५८ मङ्सिर २८ गते संसद् सेवा ऐन जारी भएको थियो ।

संसद् सेवालाई विशिष्टकृत सेवाको रुपमा विकास गर्न अन्य देशले अभ्यास गरेझै यसका काम कारवाहीलाई अनुसन्धानमा आधारित बनाउन नितान्त आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

व्यवस्थापनको नवीन मान्यता अनुरुप कर्मचारीलाई उत्प्रेरित गरेर मात्रै उद्देश्य उन्मुख गराउन सकिन्छ भन्ने मान्यता एवं हालसम्मका अनुभव र अन्तरराष्ट्रिय अभ्यासले संसद् सेवाभित्रै प्रभावकारी प्रशिक्षण संयन्त्रको विकास गर्नुपर्ने आवश्यकतामाथि उनीहरुले जोड दिएका छन् ।

समारोहमा २०७५/०७६ मा उत्कृष्ठ कार्यसम्पादन गर्ने चार जना राष्ट्र सेवकलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । एक लाख नगद राशीको संसद् सेवा सर्वोत्कृष्ट पुरस्कार उपसचिव दशरथ धमलाले प्राप्त गरे भने ७५ हजार नगदसहितको संसद् सेवा उत्कृष्ट पुरस्कार नायब सुब्बा रेणुका सुवेदीले प्राप्त गरिन् । । त्यस्तै जनही ५०/५० हजार राशीको संसद् सेवा पुरस्कार कार्यालय सहयोगी जङ्गबहादुर मगर र प्राविधिक गम्भीरमान सिंहले प्राप्त गरेका छन् ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सांसद र कर्मचारी संयुक्त प्रयासमा मात्र संसद् र संसदीय समितिलाई प्रभावकारी तुल्याउन सकिने भएकाले एकआपसमा हातेमालो गरी एक भएर अघि बढ्नुपर्ने आवश्कतामाथि जोड दिए । “सरकारलाई जनताप्रति उत्तरदायी बनाउने भूमिकामा रहेको संसद्का काम कारवाही र गतिविधिलाई परिणाममुखी तुल्याउन कर्मचारीले सक्रिय भएर खटनुपर्दछ”, उनले भने, “सांसद र कर्मचारी एकअर्काका पुरक हुन । एकअर्कोको सहयोग विना पूर्णता हँुदैन । नूनको सोझ मात्रै नगरौँ, जिम्मेवार भएर काम गरौँ ।”

उपसभामुख डा शिवमाया तुम्बाहाङफेले कहिलेकाहीँ केही काम विशेषमा ढिला सुस्ती देखिएपनि समग्रमा संसद् सेवाका कर्मचारीको कामको गति राम्रो रहेको बताइन् । उनले भनिन् “संसद् सेवाका कर्मचारीकै मेहेनतका कारण संसद्को पाँचौँ अधिवेशनको पूर्वतयारी काम भइसकेको छ, हामी कानून बनाउने थलोमा छौँ, सबै चनाखो भएर कर्तव्य पूरा गर्नुपर्छ, कर्मचारीले गर्ने कामले सांसदको भूमिका प्रभावकारी हुनेछ ।”

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद् सेवा संसद्को प्रभावकारिता अभिवृद्धि गर्ने महत्वपूर्ण औजार भएकाले यसले खेल्ने भूमिकाका आधारमा संसद् र संसदीय समितिको काम कारवाहीको मापन गर्न सकिने बताए ।।

सचिव डा भरतराज गौतमले सचिवालमा प्राप्त स्रोत र जनशक्तिका आधारमा सेवा प्रवाहलाई चुस्त तुल्याउने काम भइरहेको जानकारी दिए ।

सङ्घीय संसद् सेवामा हाल ३५० को हाराहारी जनशक्ति रहेको बताइएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त रुप रहको सङ्घीय संसद् मातहत १६ वटा विषयगत समिति रहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ९ : ४० बजे

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा