देउवालाई पौडेलले भने कार्यतालिका नआई बैठकमा सहभागि हुन सकिन्न | Khabarhub Khabarhub

देउवालाई पौडेलले भने कार्यतालिका नआई बैठकमा सहभागि हुन सकिन्न


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नसक्ने बताएका छन् ।

शनिवार विहान आफ्नै निवास बोहोराटारमा भेट्न आएका पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिलाई पौडेलले महाधिवेशनको कार्यतालिका बाहेकका अरु विषय महत्वपूर्ण नभएको बताएका हुन् ।

नेता पौडेललाई उदृत गर्दै नेता निधिले बताए अनुसार कार्यतालिका आफ्नो प्रमुख एजेण्डा रहेको भेटमा पौडेलले बताएका थिए । जवाफमा देउवाले नेता पौडेललाई विभिन्न विभागहरुको गठनमा सहयोग गर्न आग्रह गरेका थिए भने आफूले महाधिवेनको कार्यतालिका ल्याउदिन नभनेकोले समायोजनको काम सकिएपछि आउने बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ५ : ३७ बजे

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको