टाइफाइड ज्वरोको लक्षण र उपचार | Khabarhub Khabarhub

टाइफाइड ज्वरोको लक्षण र उपचार


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाइफाइड फिभर किटाणुको कारणले मानिसमा अत्याधिकारी ज्वरो बढ्दै जाने रोग हो । टाइफाइड भएमा बिरामी निकै कमजोर हुन्छ । टाइफाइले गर्दा शरीरमा रोगसँग लड्ने क्षमता कम हुँदै जान्छ ।

यसमा धेरै ज्वोरो आउने,धेरै टाउको दुख्ने,सबै जिउ दुख्ने,पेट दुख्ने,खान मन नलाग्ने,दिसा पातलो या गुट्टा पर्ने,ज्वरो बढे अनुसार नाडिको गति नबढ्ने,सुक्खा खोकी आउने, फियो बढ्ने,सानो बिमिरा पेटमा आउनेर अन्त्य बेचैनी र बिसक्त जस्तो हुने गर्दछ । टाइफाइडको पहिला, दोस्रो र तेस्रो साताको फरक लक्षण हुन्छ ।

पहिलो सातामा देखिने लक्षण

–हल्का गर्दै ज्वरो बढ्दै जाने,

–धेरै टाउको दुख्ने,

–जिउ दुख्ने,

–थकित महसुस हुने,

–पेट दुख्ने,

– सुक्खा खोकी लाग्ने,

–पखला लाग्ने,

–कब्जियत हुने,

–वाकवाक लाग्ने,

–ज्वरो बढे अनुसार नाडीको गति नबढ्ने ।

दोस्रो सातामा देखिने लक्षण

–उपचार नभए वा सहि औषधि नपाए ज्वरो बढ्दै जाने,

–बिरामीमा बेचैनी बढ्ने,

–असक्त देखिने,

–दिशा पातलको हुने,

–पेट फुल्ने,

–फियो बढ्ने,

–बिरामी कमजोर हुँदै जाने ।

तेस्रो सातामा देखिने लक्षण

–बिरामीको ज्वरो बढ्ने,

–बिरामीको अवस्था नजुक हुने,

–बिरामी बर्बराउन थाल्ने,

–नाडिको गति झन् कम हुने,

–स्वास प्रस्वास छिटो छिटो फेर्न थाल्ने

टाइफाइटका बिरामीलाई आराम गरेर झोलिलो पदार्थ र प्रशस्त पानी पीउदा रोग प्रतिरोधात्मक क्षमता बढ्दै गएर बिरामी निको हुन सक्छ । टाइफाइडको पहिलो चरणमा नै स्वास्थ्यमा ध्यान दिएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ ।

टाइफाइडका बिरामीले झोलिलो पदार्थ, पानी, भिटामिन र प्रोटिन पाउने खानेकुरा खाने गर्नुपर्छ । धेरै ज्वरो आएमा पानी पट्टि लगाउनुपर्छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ८ : २६ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले