ओली-नेपाल भेटवार्ता : तिक्तता मेट्ने प्रयास | Khabarhub Khabarhub

ओली-नेपाल भेटवार्ता : तिक्तता मेट्ने प्रयास


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि भेटवार्ता भएको छ ।

उनीहरुबीच झण्डै चार घण्टा लामो संवाद भएको स्रोतले जनाएको छ । लामो समयदेखि तिक्ततापूर्ण सम्बन्धमा रहेका ओली–नेपालबीच भएको भेटवार्तामा विगतका सम्बन्धको समीक्षासहित  रुष्ट बन्नुको कारण र दुवै नेताबीच दूरी बढाउन लागेका केही नेताहरुको चलखेलका विषयमा कुराकानी भएको जनाइएको छ ।

पार्टी एकीकरण प्रक्रिया र राजनीतिक नियुक्तिमा अध्यक्ष ओलीले एकलौटी गरेको भन्दै नेता नेपालले विमति जनाउँदै आएका थिए ।

उनीहरुबीचको सम्बन्धमा यस्तोसम्म आएको थियो कि गत ४ भदौको सचिवालय बैठकमा ओलीले नेता नेपालले दिएको स्वास्थ्यलाभको कामना समेत अस्वीकार गर्ने अभिव्यक्ति दिएका थिए। नेता नेपाले पनि तीन पटकसम्म पार्टीका निर्णयमा असहमति जनाउँदै नोटअफ डिसेन्ट लेखेका थिए ।

तर मंगलबार अध्यक्ष ओली आफैले सम्बन्ध सुधारको प्रयास गर्दै बालुवाटार बोलाएपछि दुई नेताबीच आन्तरिक छलफलसँगै पार्टीको आगामी योजनाबारे समेत छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ८ : ५२ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार