आगामी बैशाखबाट युरो ६ मापदण्डको इन्धन आयात हुने | Khabarhub Khabarhub

आगामी बैशाखबाट युरो ६ मापदण्डको इन्धन आयात हुने


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले आगामी बैशाखबाट वातावरणमैत्री युरो ६ मापदण्डको इन्धन आयात गर्ने भएको छ ।

बैशाखदेखि सर्वसाधारणले समेत प्रयोग गर्न पाउने गरी युरो ६ मापदण्डको इन्धन ल्याउन लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आफ्ना सबै रिफाइनरी केन्द्रमा युरो ६ मापदण्डको इन्धन अपग्रेड गर्ने भएपछि नेपालले पनि त्यही प्रकारको इन्धन ल्याउन लागेको निगमले जानकारी दिएको हो। नेपालले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन आयात गर्दै आएको छ ।

निगमले असोज पहिलो सातादेखि नै युरो ६ मापदण्डको इन्धन प्रयोग गर्न चाहने व्यापारीलाई अनुमति पत्र दिँदै आएको छ। वैशाखदेखि भने सर्वसाधारणले समेत प्रयोग गर्न पाउने निगमले जनाएको छ ।

युरो ६ मापदण्ड इन्धन ल्याएपछि विस्तारै युरो ४ मापदण्डको इन्धन विस्थापित गर्दै लगिने छ ।

निगमका अनुसार हाल प्रयोगमा आइरहेको युरो ४ मापदण्डको इन्धनमा सल्फूरिक एसिड ५० पिपिए छ। युरो ६ मा १० पीपीएमात्रै हुन्छ। यसले वातावरण प्रदूषण कम गराउँछ।

हालको भन्दा गुणस्तरीय इन्धन आएपछि मूल्य पनि बढ्न सक्ने निगमले जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ८ : ४६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द