पर्यटन भ्रमण वर्षको तयारी प्रचारमै सीमित, लक्षित गन्तव्यमा पर्यटक पुर्‍याउनै कठिन | Khabarhub Khabarhub

पर्यटन भ्रमण वर्षको तयारी प्रचारमै सीमित, लक्षित गन्तव्यमा पर्यटक पुर्‍याउनै कठिन


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटन वर्ष सन् २०२० भव्यका साथ मनाउने घोषणा गरिसकेको छ ।

‘नेपाल घुमौं जीवनको अविष्मरणीय क्षणको अनुभाव लिऊ’ भने नाराका साथ हाल सरकारले पर्यटक वर्ष मनाउनका लागि विदेशमा रहेका कुटनीतिक नियोगमार्फत व्यापक प्रचार गरिरहेको छ । देशभित्र पनि पर्यटन वर्षको तयारी र प्रचार भव्य भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको पर्यटन बोर्डले जानकारी दिएको छ ।

विदेशमा रहेका नियोग र जिल्लातहबाट भ्रमण वर्षको शुभारम्भ समारोहलाई सफल बनाउन डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको प्रयोग, वेवसाइटमार्फत भ्रमण वर्षसम्बन्धि सकारात्मक सन्देश दिने सामग्रीको प्रवाह बोर्डले गरिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले दूतावास र नियोगमा भ्रमण वर्ष प्रवद्र्धन गर्ने कक्ष स्थापनाका लागि निर्देशन समेत गरेको थियो । मन्त्रालयको निर्देशक अनुसार दूतावास र नियोगले पर्यटन वर्षका लागि प्रचार कक्ष नै राखेका छन् र सोहीअनुसार दूतावास र नियोगले सम्बन्धीत देशमा पर्यटन वर्षको प्रचार गरिरहेका बताएका छन् ।

सरकारले पर्यटन सन् २०२० का लागि मुख्य पर्यटक आकर्षणका लागि एक सय वटा गन्तव्य पनि छुटाइसकेको छ । ती पर्यटन गन्तव्यका हाल प्रोफाइल बनाउन काम भइरहेको पर्यटन बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार २०१९ को १० महिनामा ९ लाख ७५ हजार ५ सय ५७ विदेशी नागरिक नेपाल घुम्न आएका छन् । गत वर्षको तुलनमा ९ प्रतिशतले विदेशी पयर्टक संख्या बढेको बोर्डको तथ्याकमा छ । गत वर्ष ११ लाख विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।
नेपाल १२ महिना नै पर्यटक घुम्न योग्य देश हो ।

सरकारले र नीजि क्षेत्रले सहकार्य गरेर काम गरे सन् २०२० मा २० लाख पर्यटक आउन समस्या नरहेको नेपाल पर्यटन सञ्चालक समितिका सदस्य एवं टानका पूर्व अध्यक्ष दिपक महतले बताए । लक्ष्यअनुसार पर्यटक भित्र्याउने आकर्षणको काम नभएको उनको भनाइ छ । यी देशका पर्यटकलाई यातायातमार्फत भित्राउन उपाय सरकारले खोज्नुपर्ने उनको भनाइ छ ।

नेपालमा भारत, चीन र एसियाका देशबाट धेरै पर्यटक घुम्न आउने गरेका छन् । नेपालमा चिनियाँ पर्यटकको आकर्षण वार्षिक रुपमा बढ्दो छ । नेपालमा वार्षिक १५ प्रतिशत चिनियाँ पर्यटक घुम्न आउने गरेको बोर्डको तंथ्याकमा छ । भारतबाट ११ प्रतिशत पर्यटक आउने गरेका छन् ।

काम भन्दा प्रचार धेरै

सन् २०२० सुरु हुन एक महिना मात्र बाँकी छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने विदेशी पर्यटनलाई नेपालमा कुन क्षेत्रमा आकर्षित गर्ने भनेर योजना बनाएको देखिदैन । नेपाल घुम्न आउन विदेशी पर्यटकको आकर्षण कुन कुन क्षेत्र हो भने मन्त्रालयले सार्वजानिक गरेको छैन ।

मन्त्रालयले देशमा पर्यटन वर्ष मनाउन र विदेश पर्यटक भित्राउन सक्दो प्रयास भइरहेको मात्र बताउँदै आएको छ । विदेशी पर्यटकका लागि आकर्षण के–के हुन् भनेर छुटाउने विषयमा मन्त्रालय नै अन्योलमा छ । भ्रमणका एक सय गन्तव्य सूची प्रकाशन गरेर मात्र पर्यटक आकर्षित गर्ने सरकारी लक्ष्य पूरा नहुने व्यवसायीहरुको आरोप छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पर्यटन आकर्षित गर्ने सरकारी लक्ष्य रहेको बताउँदै आएका छन् ।

सरकारले आगामी १५ औँ पञ्चवर्षीय योजना अन्त्य गर्दै नेपालमा ३५ लाख विदेशी पर्यटकले भित्राउन लक्ष्य राखेको पर्यटन मन्त्री योगेशकुमार भट्टराईले बताए ।

‘सरकारले २०२० मा भ्रमण वर्ष मनाएर सवै काम सक्ने होइन । यो त विदेशी पर्यटकलाई नेपाल घुम्न आउन उत्साही गर्ने माध्यम मात्र हो । भविष्यमा पनि भ्रमण वर्षका लागि अभियानका रुपमा सरकारले लिएको छ ।

वार्षिक ३५ लाख विदेशी पर्यटक नेपाल आउने वातावरण बनाउन सरकारी योजना छ ’ मन्त्री भट्टराईले भने, ‘नेपाल भविष्यमा विदेशी पर्यटक भित्राएर आयस्रोत बढाउने देशभित्र पर्छ । मन्त्रालयले पर्यटकका हकमा जतिसक्दो सहज वातावरण बनाउने र देशका विभिन्न क्षेत्रमा पर्यटक गन्तव्यलाई क्षेत्र विकास गर्नेका लागि काम गरिहेको छ ।’

तर, सरकारले पर्यटन वर्षको काम भन्दा धेरै प्रचारमा सिमित भएको पर्यटन व्यवसायीको आरोप लगाएका छन् ।

सरकार पर्यटन वर्ष मनाउनका लागि प्रचारमा धेरै केन्द्रीत भएको तर अन्य कामहरुलाई भने प्राथमिकतामा नराखेको टानका पूर्व अध्यक्ष महतले बताए ।

‘पर्यटकको आकर्षण कसरी बढाउन र घुम्न आएका पर्यटकले विदेश जादाँ कस्तो सन्देश लिएर जान्छन् भने मुख्य विषय हो । यो विषयमा सरकारले ध्यान दिएर काम नै गरेको छैन । यहाँ हल्ला र प्रचार गरेमात्र पर्यटक आउछन् भने भ्रम फैलाउन काम भइरहेका छ ’ उनले भने, पर्यटन वर्षका लागि कस्ता तयारी र आकर्षण बनाउन भने विषयमा सरोकार भएका निकायसँग छलफल गर्ने सरकारले चासो दिएको छैन । सरकारले एकलौटी पाराले प्रचार गरेर पर्यटन भित्राउन सकिन्छ भनेर काम गर्दैछ ।’

पर्यटन गन्तव्यको प्रोफाइल बनाउनै सकस

गत आर्थिक वर्षमा नेपाल पयर्टन बोर्डले १ सय वटा पर्यटनस्थलको घोषण गरेको थियो । तर, चालू आर्थिक वर्षको ४ महिनासम्म आइपुग्दा ५४ वटा मात्र पर्यटक गन्तव्यको प्रोफाइल बनाउने काम भइरहेको छ ।

मन्त्रालयले नै छुटाएका १ सय पर्यटक गन्तव्य स्थलमा विदेशी पर्यटक कसरी पुर्‍याउने भनेर केही योजना हालसम्म बनाएको देखिँदैन । सरकारले आफूले छुटाएको पर्यटन स्थलको प्रोफइल बनाउने काम मात्र गरिरहेको छ । सय वटा गन्तव्यमा करिब ५४ वटाको मात्र हालसम्म प्रोफाइल निर्माणको काम भइरहेको पर्यटन बोर्डले जानकारी दिएको छ । अन्य क्षेत्रका पनि बनाउन काम भइरहेको छ । तर, १ महिनामा ती क्षेत्रको प्रोफाइल बनाउन मुस्किल रहेको बोर्डका एक कर्मचारीले बताए ।

प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सर्वोच्च शिखरसहित चर्चित हिमशृङ्खला, विश्व सम्पदा सूचीकृत सांस्कृतिक सम्पदा, भेषभूषा र सांस्कृतिक रहनसहन आदिले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य देशभित्र पर्छ ।

नेपालका ठूला धार्मिकस्थलहरु विश्व सम्पदा सूचीमा परेका कारण नेपाल विदेशी पर्यटक घुम्न रुचाउने गरेका छन् ।

यी सबै स्थानको प्रोफाइल बनाएर प्रचार गर्नुपर्ने हो तर, बोर्डले सिमित स्थानको मात्र प्रोफाइल बनाएको छ ।

नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि सवैभन्दा ठूलो समस्या भनेको खाना बस्न र घुम्न रहेको देखिन्छ । सरकारले विदेशी पर्यटकका हकमा कस्तो खाना आकर्षण गर्ने भनेर विकास गर्ने सकेको छैन ।

विदेशी पर्यटक नेपाल घुम्न आउँदा यातायात र हवाइ क्षेत्रमा धेरै समस्या हुने गरेको गुनासो गर्दै आएका छन् ।

नेपालमा आन्तरिक उडान गर्दै आएको एयरलाइन्सले समयमा उडान भर्ने नसक्दा पर्यटकले घुम्न तालिका फेर्नुपर्ने अवस्था प्रति सरकारले चासो नदिने गरेको पाइन्छ । यस्तै यातायातमा पनि सडक मर्मत समयमा नहुदाँ समस्या उस्तै रहेको देखिन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ३ : २३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका