चिलिमे र गुँरासको शेयरमूल्य समायोजन | Khabarhub Khabarhub

चिलिमे र गुँरासको शेयरमूल्य समायोजन


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्स्चेञ्जले चिलिमे हाइड्रोपावर कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले चिलिमेको २० प्रतिशत र गुराँस लघुवित्तको ७.६१ प्रतिशत बोनस सेयरका लागि शेयरमूल्य समायोजन गरेको हो ।

समायोजनपछि चिलिमेको शेयर मूल्य प्रतिकित्ता ३७५.८३ रुपैयाँ र गुराँस लघुवित्तको प्रतिकित्ता ४१७.२४ रुपैयाँ कायम भएको छ ।

दुवै कम्पनीले लाभांश पारित गर्न साधारणसभा समेत बोलाइसकेका छन् भने आज बुधबारदेखि बुक क्लोज गरेका छन् ।

मंसीर ११ गतेका लागि बोलाइएको चिलिमेको साधारणसभा बैठकले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ भने गुराँस लघुवित्तले आगामी मंसिर १४ गते हुने साधारण सभाबाट ७.६१ प्रतिशत बोनस शेयर र ०.४० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १२ : ०१ बजे

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए