सरकारी जागीर खाने अवसर–लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित) | Khabarhub Khabarhub
Logo
५ फाल्गुन २०७६, सोमबार

सरकारी जागीर खाने अवसर–लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)



काठमाडौँ –लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

बुधवार विज्ञापन प्रकाशन गर्दै आयोगले करिब साढे २ सय पदमा आवेदन माग गरेको हो ।

विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ. प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका गरिन लागेको आयोगले जनाएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्नेछन् । आयोगका अनुसार तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणााली मार्फत आवेदन दिनुपर्ने उल्लेख गरेको छ ।

सूचना


भर्खर

0