लोकसेवाको प्राविधिक पदमा पनि विषयगत परीक्षण प्रणाली अनिवार्य | Khabarhub Khabarhub

लोकसेवाको प्राविधिक पदमा पनि विषयगत परीक्षण प्रणाली अनिवार्य


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकसेवा आयोगले पहिलोपटक प्राविधिक पदको पाठ्यक्रममा परिमार्जन गरेको छ । परिमाजनसँगै प्राविधिक पदहरूको परीक्षामा विषयगत विश्लेषण क्षमता परीक्षणलाई अनिवार्य गराइएको आयोगले जनाएको छ ।

आयोगले यसअघि प्राविधिक पदका वस्तुगत परीक्षण प्रणाली मात्रलाई योग्यता मापनको आधार मान्ने गरेको थियो । आयोगले लामो समयपछि प्राविधिकतर्फका सेवा/समूह तथा उपसमूहअन्तर्गतका पदको पाठ्यक्रममा परिमार्जन गरिएको जनाएको छ ।

आयोगले पाठ्यक्रमलाई समयानुकूल बनाउन र अधिकतम योग्य उम्मेदवार छनोट हुने व्यवस्था मिलाउन पाठ्यक्रममा परिमार्जन गरिएको जानकारी दिएको छ ।

आयोगका सूचना अधिकारी देवी सुवेदी आयोगले परिवर्तित सन्दर्भमा पाठ्यक्रम परिमार्जन गरिएको बताउँछन् । आयोगले प्राविधिक तथा अप्राविधिक पदको पदपूर्तिमा आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहार शैलीको परीक्षण गर्नेगरी परीक्षण प्रणालीको विकास गर्दै लगिएको जनाएको छ ।

लोक सेवा आयोगले आज ३६० भन्दा बढी प्राविधिकतर्फका अधिकृतहरूका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले वार्षिक कार्यतालिकानुसार विज्ञापन आह्वान गरेको हो । आयोगले प्रशासनतर्फका अधिकृतहरूको विज्ञापन भने मंसिरको अन्तिम बुधबार आह्वान हुने जनाएको छ ।

प्राविधिक पदमा साबिकमा वस्तुगत परीक्षण प्रणाली मात्रलाई योग्यता मापनको आधार गर्ने गरेकामा वस्तुगत परीक्षण मात्रले योग्यता मापन गर्नसक्ने अवस्था नरहेकाले परिमार्जन गरिएको सूचना अधिकारी सुवेदीको भनाइ छ ।

‘विषयतगत लेखन र विश्लेषण क्षमतालाई समेत थप गरी अधिकतम योग्य उम्मेदवार छनोट गर्न वस्तुगत परीक्षण प्रणालीलाई थप गरिएको हो,’ सुवेदीले भने ।

प्राविधिक पदको पाठ्यक्रममा पहिलोपटक परिमार्जन गरिएको आयोगले जानकारी दिएको छ । परिमार्जित पाठ्यक्रम सोमबारबाट लागू भएको छ ।

अप्राविधिक पदहरूमा परीक्षणका नयाँ आधार

आयोगले अप्राविधिकतर्फको उपसचिवतर्फ व्यक्तिका अन्य गुण र क्षमताको समेत परीक्षण हुनेगरी २०७३ सालबाट अप्राविधिकतर्फका राजपत्रांकित प्रथम श्रेणीका पाठ्यक्रम परिमार्जन गर्दै मामिला अध्ययन र प्रस्तुतीकरण परीक्षा समावेश गरेको थियो ।

त्यस्तै, आयोगले आर्थिक वर्ष २०७५/७६ बाट अप्राविधिकतर्फ प्रशासन सेवा, परराष्ट्र सेवा, न्याय सेवा, लेखापरीक्षण सेवा तथा व्यवस्थापिका संसद् सेवाका राजपत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सोसरह पदका खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षामा ‘इन बास्केट एक्सरसाइज’परीक्षण विधि कार्यान्वयनमा ल्याएको थियो ।

परीक्षण विधिहरूको पहिचान, दक्षलाई अभिमुखीकरण, तालिम कार्यशालामार्फत क्षमता अभिवृद्धि गर्नका लागि बहुवर्षीय योजनामा काम भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ५९ बजे

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर