सगरमाथा क्षेत्र घुम्न गएका फ्रान्सेली नागरिकको मृत्यु | Khabarhub Khabarhub

सगरमाथा क्षेत्र घुम्न गएका फ्रान्सेली नागरिकको मृत्यु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सगरमाथा क्षेत्र घुम्न गएका एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ ।

कात्तिक १९ खुम्बु क्षेत्र गएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनलपार्क होटलमा मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।

इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि डाइनेष्टिक हेलिकोप्टरमार्फत शवको परीक्षण गर्न शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ ।

उनी एडभेन्चर प्रालि काठमाडौँमार्फत खुम्बु भ्रमणमा पुगेका थिए । यो वर्ष चार जना विदेशी पर्यटकको सुतेकै ठाउँमा मृत्यु भइसकेको छ । लेक लागेर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : २३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६