ठेकेदारलाई विरोधको नयाँ शैली : समयमा काम नगरे पशुको तस्वीर | Khabarhub Khabarhub

ठेकेदारलाई विरोधको नयाँ शैली : समयमा काम नगरे पशुको तस्वीर


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक ६ वर्षसम्म निर्माण सम्पन्न नभएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।

धुलोधुवाँ, हिलो र खाल्टाखुल्टीका कारण जनजीवन प्रभावित बनेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भक्तपुरको भत्केकोपाटी हुँदै पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ६ वर्षमा पनि नबनेपछि स्थानीयवासीले समयमा काम नगर्ने ठेकेदार पशुसरह भएको भन्दै ठेकेदार शारदा अधिकारीको फोटोसँगै बाँदर र कुकुरको फोटो राखी विरोध गरेका हुन् ।

शैलुङ कन्ट्रक्सनले लामो समयदेखि नगरकोटको मुख्य सडक अलपत्र पार्दा स्थानीयवासीलाई ठूलो मर्का परेको भन्दै उनीहरूले यो सडक भएर गुड्ने सार्वजनिक यातायातका साधनमा ठेकेदार शारदा अधिकारीको फोटोसँगै बाँदर र कुकुरलगायत जनावरको फोटो टाँस गर्दै विरोध नयाँ थालनी शुरु गरेका छन् ।

सडक निर्माणका लागि पटकपटक अनुरोध गर्दा पनि नेकपाका अध्यक्ष प्रचण्डका घरबेटीसमेत रहेका ठेकेदार शारदा अधिकारीले अटेर गरेको भन्दै स्थानीयवासी एवं पर्यटन व्यवसायीले विरोधको नयाँ तरिका अपनाएको स्थानीयवासी धनबहादुर लामाले बताए ।

उनका अनुसार पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक विस्तारका लागि तीनपल्ट म्याद थप भयो । तर, कामको गतिमा खासै सुधार छैन । नगरकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीले घाम लाग्दा धुलो र पानी परे हिलाम्य सडकका कारण सास्ती बेहोर्दै आएका छन् ।

विस्तारको नाममा नगरकोटको मुख्य सडक अलपत्र छोडिदिँदा नगरकोट आउने पर्यटकले दुःख पाउनुका साथै पर्यटन व्यवसाय धराशायी बनेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । ‘नगरकोटको सडक विस्तारको नाममा थप दुर्घटनाको जोखिम बढाएको छ । कालोपत्रेसमेत उक्किएर खाडल बनेको छ’, उनले भने ।

यस्तै, अर्का स्थानीयवासी कुमार लामाले भने, ‘हामीले पटकपटक ठेकेदार भेट्न कोसिस गर्यौ, उनलाई समयमा काम सम्पन्न गर्न विभिन्न निकायबाट ताकेता पनि गर्यौं तर ठेकेदारले स्थानीयवासीको मर्मलाई बुझेनन् ।’ कसैको मर्म नबुझनु भनेको पशु सरह नै हो भनी मंगलबारदेखि सवारी साधन एवं सार्वजनिक स्थलमा उनको फोटो र पशुको फोटो सँगै टाँसी विरोध थालेको उनले बताए ।

पहिलो दिन स्थानीयवासीले एक सय गाडीमा र विभिन्न चोकमा विरोधस्वरूप ठेकेदारको फोटोसँगै पशुको फोटो टाँस गरेका हुन् । कसैलाई असर नगर्ने पर्ने गरी आफूहरूले नयाँ शैलीमा विरोध गरेको उनले बताएको राजधानी दैनिकमा खबर छ ।

बाटो एवं सवारी साधन बन्द गर्दा पर्यटक एवं अन्यलाई असर पर्ने भएकाले आफूहरूले नयाँ शैलीमा विरोध गरेको नगरकोटका स्थानीयवासी बताउँछन् ।

एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको १७ किमि सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सनले ६ वर्षमा पनि निर्माण अलपत्र बनाएपछि स्थानीयवासी आन्दोलित बनेका हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : २१ बजे

मोस्टवान्टेड सूचीमा रहेका दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ

काठमाडौँ– विभिन्न आपराधिक गतिविधिमा संलग्न दुई भारतीय नागरिकलाई नेपाल प्रहरीले

पाकिस्तान सुपर लिगको उपाधि इस्लामावादलाई

काठमाडौँ– पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटको उपाधि इस्लामावाद युनाइटेडले जितेको

मिटरब्याज पीडितका गुनासा सुनुवाइका लागि सहजीकरण डेस्क स्थापना गर्न गृहको निर्देशन

काठमाडौँ– गृहमन्त्रालयले मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासा तत्काल

शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी

कञ्चनपुर– प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको

कोरोनाको प्रभाव कम हुँदा भाइरल सङ्क्रमणको डर

संसार स्प्रिङ ऋतु सुरु भएको छ। ठिक चार वर्षअघि संसारका