३३० फीट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुडिएपछि… | Khabarhub Khabarhub

३३० फीट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुडिएपछि…


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बन्जी जम्प शाहसिक खेल हो । यसमा धेरै साबधानी अपनाइन्छ । जो कोहीले बन्जी गर्ने आँट पनि गर्दैनन् ।

बन्जी जम्म गर्नेहरुका लागि धेरै सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ नसोचेको दुर्घटना हुनसक्छ ।

हालै एकजना बन्जी जम्प गर्ने क्रममा डोरी चुँडिएर भुइँमा बजारिएका छन् । घटना पोल्याण्डको हो । पोल्यान्डको गडीनियामा एकजना बन्जी जम्पर ३३० फीट माथिबाट हाम्फाल्ने क्रममा डोरी चुडिँदा भुइँमा बजारिएर करङ भाँचिएको छ ।

स्वास्थ्य ठीक भएपनि तत्काल उनी हिँडडुल गर्न सक्ने अवस्थाम भने रहेन । गडीनिया प्रहरीका क्रिस्टोफ कुस्मीरजिकले घटना पछि घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र कर्मचारीहरूसँग अन्तर्वार्ता लिइएको बताए ।

घटनाको भिडियो हेर्दा उनको टाउको भुइँमा राखिएको एयरब्यागमा बजारिएको देखिन्छ । एयरब्यागमा बजारिएपछि उनी उफ्रिन्छन् अनि रोकिन्छन् । अनेकौं कर्मचारीहरूले उनी ठीक छन् कि छैनन् भनी हेर्न गएको देखिन्छ ।

स्थानीय समाचार वेबसाइट ट्रोमियास्तो डट् पीएलका अनुसार, भुइँमा बजारिए पछि उनी अचेत भए र उनलाई अस्पताल लगियो । भाग्यवश दुर्घटनाबाट उनी बाँचे । उनको करङ टुक्रिएको छैन र अलिकति भाँचिएको अस्पतालले जनाएको छ । उनको अन्य अंगमा पनि केही चोट पुगेको बताइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : २६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६