सुँगुरको रगतले नदी नै रातो | Khabarhub Khabarhub

सुँगुरको रगतले नदी नै रातो


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रोगको त्रासले सुँगुर मारिएपछि उत्तर कोरिया र दक्षिण कोरियाको सीमा नजिकै रहेको नदी इमजिन रगतले राताम्य भएको छ ।

सुँगुरमा अफ्रिकन स्वाइन फिवर फैलिने जोखिम बढेपछि दक्षिण कोरिया प्रशासनले सावधानीका लागि ४७ हजार सुँगुर मार्न आदेश दिएपछि त्यहाँका सुँगुर मारिएको थियी ।

मारिएका सुँगुरलाई सीमा नजिकैको डम्पिङ्ग साइडमा गाडिएको थियो । तर पानी परेकाले त्यहाँबाट रगत बगेर नजिकै रहेको सानो नदी इमजिनमा मिसियो । त्यसपछि नदीको पानी पूर्ण रुपमा रातो भएको हो ।

अफ्रिकन स्वाइन फिवर अति संक्रामक र उपचार सम्भव नभएको रोग हो । यसबाट संक्रमित भएका सुँगुर जीवित रहने सम्भावना हुँदैन । तर मानिसमा यसको संक्रमणको खतरा रहँदैन ।

तर नदी हुँदै बगेको रगतका कारण संक्रमण थप फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । स्थानीय अधिकारीले भने सो रगतका कारण अरु जनावरमा संक्रमण फैलिने जोखिन नरहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ८ : ०२ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु