माटियो बेरेट्टिनीलाई पराजित गर्दै फेडेररको पहिलो जीत | Khabarhub Khabarhub
Logo
२१ मंसिर २०७६, शनिबार

माटियो बेरेट्टिनीलाई पराजित गर्दै फेडेररको पहिलो जीत



काठमाडौं- स्वीस खेलाडी रोजर फेडेररले एटीपी फाइनल्स टेनिसमा पहिलो जित निकालेका छन् ।

लन्डनमा मंगलबार राति भएको खेलमा इटालीका माटियो बेरेट्टिनीलाई पराजित गर्दै फेडेररले पहिलो जित निकालेका हुन् ।

पूर्वविश्व नम्बर एक फेडेररले बेरेट्टिनीलाई ७-६ (७-२) र ६-३ को सेटमा पराजित गरे । जितसँगै फेडेररले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।

फेडेरर पहिलो खेलमा डोमिनिक थिमसँग पराजित भएका थिए ।


भर्खर