नीति अनुसन्धान प्रतिष्ठान विधेयक बन्यो | Khabarhub Khabarhub

नीति अनुसन्धान प्रतिष्ठान विधेयक बन्यो


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नीति अनुसन्धान प्रतिष्ठान स्थापना भएको एक वर्षपछि सरकारले प्रतिष्ठान स्थापनासम्बन्धी विधेयक संसद्मा दर्ताका लागि पेस गरेको छ ।

सङ्घीय संसद्को आगामी अधिवेशनमा विधेयक प्रतिनिधिसभामा पेस हुनेछ । सरकारले नीति अध्ययन, अनुसन्धान तथा विश्लेषणका आधारमा शासकीय सुधार गर्दै सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिसकेको छ ।

वि.सं. २०७५ असोजबाट प्रतिष्ठान अस्तित्वमा छ तर स्थापनको एक वर्षपछि कानुनी संरचना निर्माण गर्न लागिएको हो । सरकारले नेपालको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक पक्षमा अध्ययन गरी सरकारलाई सुझाव दिन प्रतिष्ठान स्थापना गरेको थियो ।

विधेयकअनुसार प्रतिष्ठानले विशेषज्ञ समूह (थिङ्क ट्याङ्क) का रूपमा काम गर्ने छ । मुलुकले अपनाउनुपर्ने विभिन्न नीतिका सम्बन्धमा प्रतिष्ठानले अध्ययन तथा अनुसन्धान गरी सरकारलाई सुझाव दिने छ । प्रतिष्ठानले सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनुपर्ने उपायबारेमा नेपाल सरकारलाई नीतिगत सुझाव पनि प्रतिष्ठानले दिने छ ।

विधेयकअनुसार मुलुकको आर्थिक उन्नति, सामाजिक न्याय, पारदर्शिता वा सुशासन कायम गर्न अपनाउनुपर्ने नीतिबारे पनि प्रतिष्ठानले सरकारलाई सुझाव दिने छ । सार्वजनिक सेवालाई प्रभावकारी, जवाफदेही र व्यावसायिक बनाउन त्यस्ता सेवा सुधारबारे प्रतिष्ठानले अध्ययन गरी सरकारलाई सुझाव दिने क्षेत्राधिकार पनि विधेयकमा तोकिएको छ ।

यस्तै भ्रष्टाचार निवारण, सम्पत्ति शुद्धीकरण निवारण, राजस्व तथा सार्वजनिक सम्पत्तिको हिनामिनालगायतका विषयमा सरकारले अपनाउनुपर्ने नीतिगत, कानुनी र संस्थागत सुधारबारे पनि प्रतिष्ठानले अध्ययन र सिफारिस गर्न सक्ने विधेयकमा प्रस्ताव गरिएको छ ।

सार्वजनिक प्रशासन, विकास प्रशासन, वातावरण संरक्षण, शासकीय सुधार, गरिबी निवारणका क्षेत्रमा सरकारले अपनाएका नीतिको मूल्याङ्कन गरी कमीकमजोरी सुधारका उपाय सुझाउने क्षेत्राधिकार प्रतिष्ठानलाई दिने विधेयकमा प्रस्ताव गरिएको छ । नेपाल सरकारले समेत नीतिगत परामर्श प्रतिष्ठानसँग लिन सक्ने विधेयकमा व्यवस्था छ ।

विधेयकअनुसार प्रतिष्ठान पाँच सदस्यीय हुने छ, जसमा अध्यक्ष र चार सदस्य रहने छन् । सदस्यहरूको पदावधि चार वर्षको हुने विधेयकमा प्रस्ताव छ । प्रतिष्ठानको अध्यक्ष नियुक्तिका लागि भने सरकारका मन्त्रीको संयोजकत्वमा सिफारिस समिति रहने व्यवस्था विधेयकमा प्रस्तावित छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : २३ बजे

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले