सलमान खानको घरबाहिर करणी सेनाको प्रदर्शन, प्रहरीले बढायो सुरक्षा | Khabarhub Khabarhub

सलमान खानको घरबाहिर करणी सेनाको प्रदर्शन, प्रहरीले बढायो सुरक्षा


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतको लोकप्रिय शो ‘बिग बोस सिजन १३’ बन्द गर्न भन्दै बलिउड अभिनेता सलमान खानको घरबाहिर प्रदर्शन भएको छ । जसकारण मुम्बई प्रहरीले खानको घरबाहिर सुरक्षा बढाएको छ ।

भारतीय मिडियाका अनुसार करणी सेनाका सदस्यसमेत प्रदर्शनकारीको एक समूहले शुक्रबार पश्चिम मुम्बईको बान्द्रास्थित सलमान खानको निवास बाहिर प्रदर्शन गरेका थिए ।

खबरका अनुसार प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । साथै प्रहरीले सुरक्षा पनि बढाएको छ । रिपोर्टसका अनुसार ‘बेड फ्रेन्डस् फरएभर’ नामक नयाँ अवधारणा बिग बोस सिजन १३ मा देखाइएको र त्यसलाई रोक्नुपर्ने भन्दै प्रदर्शन भएको हो ।

यो अवधारणालाई लिएर करणी सेनासमेत कैयन् संगठनले आलोचना गरेका छन् । यसले अश्लीलतालाई बढावा दिने र भारतीय संस्कृतिको विरुद्धमा जाने उनीहरुको भनाइ छ । प्रहरीले भने कुनै अप्रिय घटना नघटोस् भनेर सलमान खानको घरबाहिर सुरक्षा बढाइएको बताएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १२ : २४ बजे

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

वीरगन्ज– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि

काठमाडौँ– १४औँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता– २०८० आजदेखि सुरु