रामोसको कीर्तिमानी खेलमा स्पेनले नर्वेसँग बराबरी खेल्यो | Khabarhub Khabarhub

रामोसको कीर्तिमानी खेलमा स्पेनले नर्वेसँग बराबरी खेल्यो


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्जियो रामोसको कीर्तिमानी खेलमा स्पेनले युरो कप छनोटमा नर्वेसँग बराबरी खेलेको छ । गएराति भएको खेलमा स्पेनले नर्वेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

समुह एफमा शीर्ष स्थानको स्पेनले ७ खेलबाट १९ अंक बटुलेको छ । स्पेन तेस्रो स्थानको रोमानियासंग ६ अंकको लिएको छ । नर्वे १० सहित चौथो स्थानमा छ ।
शनिबारको रामोसले स्पेनिस फुटबल ईतिहासमा नयाँ कीर्तिमान रचे ।

उनले स्पेनको राष्ट्रिय फुटबल टिमबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गरे । उसले स्पेनबाट १ सय ६८ क्याप जिते ।

यसअघि ईकर कासिलासको नाममा सो कीर्तिमान रहेको थियो ।

रियल मड्रिडका ३३ बर्षीया स्टार खेलाडी रामोसले सन् २००५ मा स्पेनबाट डेब्यु गरेका थिए । उनले स्पेनको स्वर्णिय युगको समय विश्वकप र दुई युरो कपको उपाधि उचालेका थिए ।

रामोस अब ईजिप्टका मिडफिल्डर अहमेद हसनको १ सय ८४ खेलको विश्व कीर्तिमानतर्फ अघि बढेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ९ : २९ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित