पीपीएलका लागि मैदान निर्माण शुरु | Khabarhub Khabarhub

पीपीएलका लागि मैदान निर्माण शुरु


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा कात्तिक अन्तिम साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) का लागि मैदान निर्माण कार्य शुरु भएको छ।

शुक्रबारदेखि पिपिएलका लागि पोखरा रंगशाला स्थित क्रिकेट मैदान सम्याउनेदेखि पिच बनाउने काम शुरु भएको आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

‘दोस्रो संस्करणको पिपिएलका लागि मैदान निर्माणको काम शुरु भइसकेको छ। यो बर्ष अघिल्लो बर्षको भन्दा राम्रो हुने आशा छ,’ उनले भने।

प्रतियोगिता कात्तिक २६ देखि मंसिर ७ गतेसम्म हुनेछ । पिपिएलमा नेपालका ६ शहरका फ्रेन्चाईज टिमहरुको सहभागिता हुनेछ ।

पिपिएलको पहिलो संस्करणमा घरेलु टोली पोखरा पल्टनले उपाधि उचालेको थियो।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : ३१ बजे

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न