न्युयोर्कको एक क्लबमा गोली चल्यो, ४ जनाको मृत्यु | Khabarhub Khabarhub

न्युयोर्कको एक क्लबमा गोली चल्यो, ४ जनाको मृत्यु


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाको न्यूयोर्कस्थित एक क्लबमा गोली चल्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ । शनिबार घटेको यो घटनामा अन्य ३ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

न्यूयोर्कको ब्रुकलिनस्थित क्लबमा गोली चलाउनेको खोजी भइरहेको प्रहरीको दाबी छ । कसले र किन गोली चलायो भन्ने खुलेको छैन ।

स्थानीय एबीसी टेलीभिजनको समाचारमा गोली चलेको स्थान रात्रिक्लब भएको उल्लेख छ । बिहानै चलेको गोलीका कारण चारजनाको घटनास्थलमा नै मृत्यु भएको र दुई अन्य पुरूष र एक महिला सामान्य घाइते भएका प्रत्यक्षदर्शी प्रहरीलाई उद्धृत गरी एबीसीले जनाइएको छ ।

यस पहिले आएको रिपोर्टमा चारको मृत्यु भएको र पाँच जनाभन्दा बढी घाइते भएको बताइएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : २४ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार