कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु तिलमिलाएर बाँकेमा आक्रमण– कांग्रेस | Khabarhub Khabarhub

कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु तिलमिलाएर बाँकेमा आक्रमण– कांग्रेस


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले जागरण अभियानका क्रममा विहिबार बाँकेमा सत्तारुढ दल नेकपा समर्थित युवाहरुबाट भएको आक्रमणको भत्र्सना गर्दे गम्भीर आपत्ति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको भत्र्सना गर्दै भविश्यमा यस्तो क्रियाकलाप नदोहोर्याउन नेकपालाई चेतावनी दिएका छन् ।

जागरण अभियान कार्यक्रमलाई विथोल्नका लागि सत्तारुढ दलका कार्यकर्ताबाट भएको आक्रमणको घटनालाई कांग्रेसले घटनाको रुपमा मात्रै नभई प्रवृत्तिको रुपमा विश्लेषण गरेको भन्दै उनले प्रतिपक्षी दलप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसले जागरण अभियानका क्रममा केन्द्रदेखि स्थानीय तहसम्ममा भ्रष्टाचारका घटनालाई केन्द्रीय भागमा राखेर उठाउँदै आएकाले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु तिलमिलाएर आक्रमणमा उत्रेको टिप्पणी प्रवक्ता शर्माको थियो ।

उनले प्रतिपक्षी दलप्रति सत्तापक्षका कार्यकर्ताबाट हुने दुर्व्यवहार तथा आक्रमणका घटनाले समग्र मुलुकको राजनीतिप्रति नै जनतामा वितृष्णा फैलन सक्ने भन्दै घटनाप्रति गम्भीर बन्न आग्रह गरे ।

उनले भने “लामखुट्टे त मार्न सक्दैन यो सरकारले भने बाँकी कुरो के पो गर्न सक्ला ? त्यसकारण यो विषयमा सरकार गम्भीर बनोस् । नेपाली कांग्रस पार्टीको कुनैपनि तह र तप्काका साथीहरु माथि गर्ने दुर्व्यवहारहरु कांग्रेस माथिको प्रहार मात्रै होइन । यसले समग्र राजनीतिका बारेमा वितृष्णा बढ्छ भन्ने कुरालाई सरकारले गम्भीरता पूर्वक सोचोस् । ”

बाँकेको खजुरा गाउपालिका वडा नम्बर २ को सितापुरस्थित नेपाल रेडक्रसको सभाहलमा हिमाल,पहाड तराई –मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोश्रो चरणको कार्यक्रकम चलिरहेका बेला युवाहरुको समुह प्रवेश गरि आक्रमण गर्दा जिल्ला सभापति किरण कोइराला घाइते भएकी थिइन् ।

आक्रमणबाट उनको हात भाँच्चिएको र अन्य कार्यकर्ता पनि घाईते भएको कांग्रेसले जनाएको छ । कांग्रेसले आक्रमणको विरोधमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माइतीघर मण्डलामा भोली शनिवार प्रदर्शन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ४ : २२ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस