१५ महिना मलेसिया बन्द हुँदाको फाइदा– श्रम सम्झौता ! | Khabarhub Khabarhub

१५ महिना मलेसिया बन्द हुँदाको फाइदा– श्रम सम्झौता !


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७५ सालको जेठ महिनामा मलेसिया जाने कामदारमाथि आर्थिक ठगी गर्दै आएका विभिन्न संस्था खारेज गर्ने निर्णय श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले गरेका थिए ।

मन्त्री विष्टको निर्णयपछि १५ महिनादेखि बन्द मलेसिया रोजगारी आगामी सातादेखि खुल्ने गरि विहीवार सम्झौता भएको छ । १५ महिनाको बीचमा मलेसिया र नेपाल सरकारका सम्बन्धित निकाय प्रतिनिधिबीच ४ पटक बैठक बसेको थियो । यसरी बैठक बस्दा दुई देशबीचको कुटनीतिक सम्बन्धमा निकटता आएको देखिन्छ ।

२०७० सालयता सरकारकै संरक्षणमा मलेसियाका प्राइभेट कम्पनीले ५ वटा संस्था खोलेर त्यहाँ जाने कामदारसँग आर्थिक ठगी गर्दै आएका थिए ।

श्रम मन्त्रालयले गत चैत महिनादेखि सम्पुर्ण प्रक्रिया पुरा भएर कलिङ भिसा लागेर मलेसिया जान नपाएका श्रमिकका लागि श्रम स्वीकृति जारी गरेको थियो । कलिङ भिसा लागेका कामदार पनि पुरानै प्रक्रियाबाट मलेसिया रोजगारीमा जाँदै छन् । कलिङ भिसामा ७ हजारभन्दा धेरै कामदार मलेसिया पुगेको विभागको तंथ्याकमा छ ।

श्रम मन्त्री विष्टले मलेसिया रोजगारीका नाममा अवैधानिक रूपमा खडा भएका बायोमेट्रिक, भीएलएन, वानस्पाट सेन्टर, माइग्राम, आईसी र जीएससी संस्था खारेजी गरेका थिए । यी संस्थाले मलेसिया रोजगारीमा जाने कामदारमाथि आर्थिक ठगी गरेको आरोप लागेको थियो ।

वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारलाई विभिन्न शीर्षकमा ‘आर्थिक ठगी गर्दै आएका सबै संस्थालाई अदालतले सफाई दिइसकेको छ ।

विभिन्न सस्थाले कामको खोजीमा ५ लाख नेपाली युवा मलेसिया गएको विभागको तंथ्याकमा छ । तर, यी संस्थामार्फत ठगीएका श्रमिकले भने केही पनि राहत पाएका छैनन् । कामदार ठगिएको विषयमा नेपाल र मलेसिया दुबै मौन देखिएका छन् ।

मलेसिया जाने कामदारको भिसा प्रोसेसिङ र स्वास्थ्य परीक्षण गरेबापत जम्मा ४ हजार ५ सय लागत नेपाल सरकारले ताकेको छ । तर, कामदार ठग्ने नियतले खोलिएका सस्थाले प्रतिव्यक्ति १८ हजार ५ सय असुल्दै आएका थिए ।

यी संस्थाले रोजगारीका लागि मलेसिया जाने कामदारसँग २१ हजारसम्म लिँदै आएको श्रमिककै गुनासो थियो । एक व्यक्तिबाट सरकारले तोकेको भन्दा १२ हजार ५ सय ठग्दा ४ बर्षमा ६ अर्ब ८ करोड ७५ लाख रुपैयाँ ठगी हुन्छ । यसरी संकलन भएको ६० प्रतिशत रकम मलेसियाको कुनै प्राइभेट कम्पनीमा पुग्ने गरेको वैदेशिक रोजगार व्यवसायीको बताउँदै आएका छन् ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण निष्पक्ष गर्नुपर्ने स्वास्थ्य व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीले बताए । ‘ठगीमा संलग्न संस्था सरकारले बन्द गरेपनि ती संस्थाका सञ्चालकलाई कारवाही नगरी संरक्षण गरेको छ ।

पुरानै प्रक्रियाबाट कामदार पठाउने हो भने १५ महिना मलेसियाको रोजगारी बन्द गर्नुको औचित्य के त भने प्रश्न खडा हुन्छ’ उनले भने, ‘श्रम मन्त्रालयले पुरानै संयत्रबाट कामदार पठाएर स्वास्थ्य व्यवसायीलाई फसाएको छ । मलेसियाले आगामी महिना स्वास्थ्य संस्थामा अनुगमन गर्दा त्रिपक्ष सहभागिता हुनुप¥यो । नत्र मलेसिया रोजगारी बन्द गरेर सरकारले नाटक राचेको देखिन्छ ।’

श्रमिक ठगीको आरोपमा कारवाहीमा परेर सस्थाका सञ्चालकलाई अदालत र सरकार दुवैले छुट दिएर कामदारमाथि धोका दिएको उनको भनाइ छ ।

विहीवार सम्पन्न प्रविधि कमिटिको बैठकमा सहभागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेका अनुसार सरकारले मलेसियासँग भएको श्रम सम्झौता अनुरुप नै मलेसिया रोजगारी खुलाउने सहमति भएको बताउँछन् ।

सरकारले रोजगारीका लागि विदेशिने श्रमिकका हकहितभन्दा बाहिर गएर सहमति गर्ने नसक्ने उनको भनाइ छ । कतिपय कुटनीतिक नियोगका विषयमा सहमति गर्दा भएका त्रुटी सच्याउँदै लैजाने उनको दावी छ ।

मलेसियाको रोजगारी १५ महिना बन्द हुँदा धेरै रोजगारी गुमेको र रेमिट्यान्स घटेको आरोप म्यानपावर व्यवसायीले लगाउँदै आएका छन् ।

फाइदा श्रम सम्झौता

१५ महिनासम्म मलेसियाको रोजगारी बन्द हुँदा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको छ । लामो समयदेखि कामदार आपूर्ति गर्दै आएको मलेसियासँग श्रम सम्झौता हुन सकेको थिए ।

गत कार्तिक महिनामा नेपाल र मलेसिया सरकारबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । श्रम सम्झौता हुँदा रोजगारीका लागि मलेसिया जाने कामदारका हकमा फाइदा भएको श्रम मन्त्रालयले जनाएको छ ।

रोजगारीका लागि मलेसिया बन्द हुनुभन्दा अघि वार्षिक १ लाखभन्दा धेरै कामदार जाने गरेका वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

मासिक रुपमा १० हजार जना श्रम स्वीकृति लिएर मलेसिया रोजगारीका लागि जाने गरेका थिए ।

सरकारले कामदारका हकहितका लागि श्रम सम्झौता गरेको मन्त्रालयको भनाइ छ । श्रम मन्त्रालयले रोजगारदाता देशसँग सरकारीस्तरमा श्रम सम्झौता गर्दै आएको छ ।

रोजगारीमा जाने नेपाली श्रमिकले आफ्नो परिवारमा बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा, छोरीको मृत्यु भएमा अधिकतम् १५ दिनका लागि नेपाल आउनसक्ने सुविधा मलेसियासँगको श्रम सम्झौताले दिएको छ ।

दुर्घटना बीमा र स्वास्थ्य बीमा सम्बन्धमा मलेसिया सरकारले ल्याउने नीति र नियम नेपाली श्रमिकले श्रम अवधिभरमा पाउने व्यवस्था गरिएको छ । कामदार र रोजगारदाताबीच रोजगारीका बारे विवाद भएमा न्यायिक निकायमा मुद्दा विचाराधीन रहेसम्मका लागि मलेसियामै बस्न पाउने व्यवस्था छ । अब कामदारको करार अवधि २ वर्षको हुनेछ । यसअघि ३ वर्षको करार हुन्थ्यो ।

विचौलियालाई उन्मुक्ति 

ठगीमा संलग्न संस्थाका तीन जनामध्ये दुई जना सञ्चालकले अदालतबाट सफाई पाएका छन् । भीएलएन र वानस्टप सेन्टरका सञ्चालक राम श्रेष्ठले यी दुई संस्थाबाट ४ वर्षमा करिब ३ अर्बभन्दा धेरै ठगी गरेको मुद्दामा गत वर्षको जेठ महिना प्रहरीले पक्राउ परेका थिए ।

उनले गत मंसिरमा जिल्ला अदालत ललितपुरबाट सफाइ पाइसकेका छन् । यस्तै, बायोमेट्रिक संस्थाका सञ्चालक कैलाश खड्काले पनि अदालतबाट सफाइ पाएका छन् ।

उनी विरुद्ध मलेसिया जाने कामदारमाथि सिण्डिकेट लागू गरेर ठगी गरेका आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो ।

खड्का विरुद्ध करिब ४ अर्ब ठगी आरोपमा मुद्दा परेको थियो । तर उनले अदालतबाट सफाइ पाएका छन् । जिएसजीका सञ्चालक गोविन्द थपलिया भने प्रहरी फरार सूचीमै छन् ।

उनीहरुले सञ्चालन गरेका संस्था मलेसिया सरकारले पनि अर्वैध ठहर गरी खारेज गरिसकेको छ । यसरी ठगीमा संलग्न संस्थाका सञ्चालकले भने उन्मूत्ति पाएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १ : ५० बजे

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

सहकारीका समस्या समाधान गर्न आवश्यक कानून बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने

‘बजेट ल्याएर निजी क्षेत्रको मनोबल उठाउँछु’- अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन