भारतको मध्य प्रदेशमा डुंगा दुर्घटना, ११ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको मध्य प्रदेशमा डुंगा दुर्घटना, ११ जनाको मृत्यु


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय राज्य मध्य प्रदेशको भोपालमा गणपति विसर्जनका क्रममा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

गणपति विर्सजनका क्रममा भएको डुंगा दुर्घटनामा ११ जनाको मृत्युसँगै अन्य कैयौं व्यक्ति घाइते भएका जनाइएको छ ।

अझै पनि २ जना बेपत्ता रहेका जनाइएको छ । उक्त घटना भोपालको चर्चित ताल खाटलापुरा घाटमा भएको हो ।

घटनापछि डुंगा चलाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेको डुंगाका चालक आकाश बाथम र चङ्गु बाथमविरुद्ध एफआईआर दर्ता गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले घटनाको उच्चस्तरीय जाँचको आदेश दिएका छन् ।

खाटलापुर घाटमा शुक्रबार बिहान करिब साढे ४ बजे उक्त दुर्घटना भएको जनाएको छ । प्रदेशका जनसम्पर्क मन्त्री पीसी शर्माले मृतकका परिवारलाई सरकारले प्रतिपरिवार ४ लाख रुपैयाँ दिने बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ११ : ५६ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र