प्राणी परिवर्तनको चक्र : बाँदर र सर्प उड्नेछन्, मान्छे बद्लिनेछ ! | Khabarhub Khabarhub

प्राणी परिवर्तनको चक्र : बाँदर र सर्प उड्नेछन्, मान्छे बद्लिनेछ !


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्छेको पूर्खा बाँदर हो भनेर हामी सबैलाई थाहा छ । कुनै समय हाम्रा पुर्खाका समेत पुच्छर थिए किंवदन्ति छ । विकासक्रम सिलसिलामा मान्छेको पुच्छर लोप भयो। जब मान्छेको शरीरको विकास हुँदै गयो, उसको रुप पनि परिवर्तन हुँदै गयो।

शरीरका जिन अंगहरुका लागि जरुरी थिएन, त्यसैले त्यस्ता अंग आफैं हराउँदै गए । जस्तै मान्छेको शरीरमा अब एपेन्डिक्सको कुनै भूमिका छैन। यसको आकार समयसँगै सानो हुँदै गएको छ।

हुनसक्छ एपेन्डिक्स केही समयपछि मानव शरीरबाटै लोप हुनेछ । खासमा प्रकृतिको विकासचक्र घुमिरहन्छ। मानव सृष्टि यसकै नतिजा हो।

संसारका सबै जीव प्राकृतिक विकासको नतिजाअनुसार जन्मिएका हुन्। त्यसैले यो सोच्न गलत हुनेछ कि क्रमिक विकासको चक्र अब चल्न छाडेको छ। मानिस यही प्रक्रियाबाट गुज्रिरहेको छ। पछि गएर मानिसको रुप रंगमा कैयौं बदलाव देख्न सकिनेछ।

नयाँ अनुसन्धानले त यतिसम्म भनेको छ कि आउने दिनहरुमा पूरै विश्वमा कुनै जीव आजजस्तो देखिने छैनन्।

सन् १९८० मा लेखक डुगल डिक्सनको पुस्तक ‘आफ्टर म्यानः अ जुलोजी अफ द फ्युचर’ प्रकाशित भएको थियो । उक्त पुस्तकमा डिक्सनले लाखौं वर्षपछि देखिने विश्वको कल्पना गरेका छन्, जुन विश्वास गर्न मुस्किल छ।

पुस्तकमा उड्ने बाँदर, चराको अनुहार भएको फूल तथा उड्ने सर्पको कल्पना गरिएको छ। सामान्य मानिसको लागि यो पुस्तकका कल्पना अस्वभाविक र मनगढन्ते लाग्न सक्छ। तर अनुसन्धानकर्ताहरु यस किताबले भविष्यका सम्भावनाहरु बोकेको विश्वास गर्दछन्।

भविष्यमा के हुन्छ?

लाखौं वर्ष अगाडि पृथ्वीमा डायनासोर थिए । त्यसबेला वर्तमान मानवको कल्पना गरिएको भए त्यो त्यत्ति नै अचम्मको लाग्ने थियो जति अहिले उड्ने बाँदर र सर्पबारेमा कल्पना गरिन्छ।

आखिर क्रमिक विकासको गणित के हो ? यसलाई बुझ्नका लागि इतिहासको पाना पल्टाउन जरुरी छ । विकासको जीव वैज्ञानिक जोनाथन लोसोसका अनुसार ५४ करोड वर्ष अगाडि केम्ब्रियन विस्फोट हुँदा पृथ्वीमा अजीव जीवहरु देखा परे।

उनका अनुसार त्यस बेलाको हेलोसेजिन्या नामको एक जीवको अवशेष भेटिएको छ। जसको पूरा शरीरमा हड्डीको जाल थियो, जनु हाम्रो ढाँडको हड्डीमा पाइन्छ। त्यसैले निकट भविष्यमा यस्तै अन्य जीवनको उत्पत्ति हुने कुराको पूर्ण सम्भावना रहेको उनको तर्क छ।

प्रोफेसर लोसोसका अनुसार जीव विज्ञानको क्षेत्रमा अथाह सम्भावना छ र यसको अन्त्य कहाँ हुन्छ भनेर विन्दू तोक्न मुस्किल छ। उनी पृथ्वीमै भएका जीवको जानकारी हामीले पत्ता लगाउन नसकेको बताउँछन्।

लोसोसले जैविक सम्भावनामाथि लेखेको पुस्तकमा कैयौं तर्कहरु प्रस्तुत गरेका छन्। उनका अनुसार जैविक सम्भावना कहाँ गएर स्थिर हुन्छ भनेर पत्ता लगाउन कठिन छ।

यदि इतिहास फेरि दोहोरिन्छ भने के मानव विकासक्रम त्यस्तै हुन्छ जुन लाखौं वर्ष पहिले थियो? यो भन्न गाह्रो छ। तर यो कुराको सम्भावना चाहिँ अवश्य छ ‘भविष्यमा ठूलो ज्वालामुखी विस्फोट हुनसक्छ अथवा पुछ्रेतारा पृथ्वीसँग ठोक्किन सक्छ। त्यसपछि पृथ्वीको पूरा रुप बदलिनेछ।’

निकट भविष्यमा के हुनेछ यो कुरा बहसको विषय हो । मुख्य कुरा विकासक्रमको सबैभन्दा ठूलो असर कसलाई पर्छ भन्ने हो। होमो सेपियन्स अर्थात् मानिस पृथ्वीको सर्वश्रेष्ठ प्राणी हो त्यसैले मानिसमा विकासक्रमकोे असर कस्तो रहला भन्ने सबैको चासोको विषय हो।

जनवारको रुप कति बदलिन्छ ?

जीव वैज्ञानिक पिटर वार्डले सन् २००१ मा आप्नो पुस्तक ‘फ्युचर इभोलुसन’मा लेखेका थिए कि जुन तवरको जीवन अहिले मानिसले बिताइरहेका छन्, यदि आउने केही लाख वर्षपछि पनि मानिस यसरी नै बाँचे भने हुनसक्छ पृथ्वीमा रहने जीव त्यस वातावरणमा समाहित भइराख्न अजीव रुप धारण गर्नसक्छन् ।

उदाहरणको लागि आज हामी सबै प्रदूषित वातावरणमा बसिरहेका छौं। प्रदुषण बढ्दै गए हुनसक्छ हामी यस्तो चरा देख्नेछौं जसले टिनको क्यानबाट पानी पिउन सक्छ। अथवा यस्तो मुसा देख्न सक्नेछौं जसको शरीरमा चिल्लो कपाल हुनेछ। जसले विषालु पानी आफ्नो शरीरमा टिक्नै दिँदैन।

अनुसन्धानकर्ता प्याट्रिसिया ब्रेनेनका अनुसार पृथ्वीमा सफा पानीको कमीको कारण पनि पृथ्वीका जीवमा परिवर्तन आउनसक्छ। त्यसले बदलिँदो परिस्थितिमा आफूलाई टिकाउन सोही वातावरणमा ढाल्न सक्छ। अथवा विशाल जीवनको उत्पति हुनसक्छ जसको छालामा हावाको मात्रा नभएर पानीको कमी पूरा गर्ने क्षमता हुनेछ।

माउसुलीले आफ्नो गर्दन ठूलो बनाएर त्यहाँ पानी सञ्चय गर्न समेत सम्भव हुनसक्छ। अथवा जनावरहरुको कपाल झरेर त्यो पानी एकत्रित गर्ने झोला बन्न सक्छ । पृथ्वीमा बढ्दो तापमानका कारण गर्मी हुने क्षेत्रमा बस्ने जनवारालाई बाँच्न गाह्रो हुनेछ। त्यसैले बदलिँदो वातावरणमा आफ्ना शरीरका अंगलाई परिवर्तन गर्न अपरिहार्य छ।

अजीब जीव

पृथ्वीमा उत्पत्ति भएका कैयौं जीवहरु आज हराइसकेका छन् । त्यसैले आज ठूलो परिवर्तन भएको छ। अनुसन्धानका अनुसार २५ करोड वर्ष पहिले ९५ प्रतिशत पानीमा बस्ने र ७० प्रतिशत जमीनमा बस्ने जीव हराइसकेका छन् । त्यसपछि डायनासोरजस्ता जीवको जन्म भएको थियो।

तर डायनासोर पनि लामो समय रहन सकेन। विलिन भएर स्तनधारी जीवको जन्म भयो। यस्तै बदलावहरु नियालिरहेका अनुसन्धानकर्ता भन्छन् पृथ्वीमा जीवन देखा परेको दशौं लाख वर्षपछि पनि त्यस्ता कुनै जीवको उत्पत्ति भएन जसलाई बाँच्नका लागि धेरै अक्सिजनको जरुरी थियो।

२ लाख ४० हजार वर्षपछि जब फोटोसेन्थिसिसको प्रक्रिया हुन थाल्यो पृथ्वीबाट धेरै किसिमका ब्याक्टेरिया समाप्त भए। जीवनको दुनियाँमा फेरि एकपटक बदलाव देखियो। यो बदलाव भइरहेको छ र आगामी दिनमा पनि हुनेछ।

हुनसक्छ निकट भविष्यमा मानल अस्तित्व पूरै नाश हुनेछ र अजीब किसिमका जीवले पृथ्वीमा राज गर्नेछन्। तर यो निकट भविष्य यति टाढाको विषय हो तपाइँ, हामी र हाम्रो आउने कैयौं पिढीले यो सब देख्न पाउने छैनन् । (बीबीसी हिन्दीबाट अनुवाद)

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १० : ०१ बजे

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिले भेटे अर्थमन्त्री पुनलाई 

काठमाडौं– नेपालका  बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको

महिला नेतृत्वको जलविद्युत आयोजनामा थप कर छुट माग

काठमाडौं – महिलाले नेतृत्व गरेको जलविद्युत आयोजनामा थप कर छुट

‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

तेहरान– इरानी सेनाका तर्फबाट ‘दुर्भावनापूर्ण साइबर गतिविधि’ गरेको अमेरिकी आरोपलाई

चुनावी भाषण गर्दागर्दै बेहोस भएर ढले भारतीय मन्त्री नितिन गडकरी

एजेन्सी- आसन्न लोकसभा चुनावको प्रचारका क्रममा भारतका एकजना केन्द्रीय मन्त्री

गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी