च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त | Khabarhub Khabarhub
Logo
२२ मंसिर २०७६, आइतबार

च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त



जाजरकोट- जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् ।

जङ्गली च्याउ खाँदा बारेकोट गाउँपालिका–८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो । उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो ।

च्याउ खाँदा उनको १४ वर्षीय छोरो युवराज सिकिस्त बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।


भर्खर