न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको गुनासो | Khabarhub Khabarhub

न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको गुनासो


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको भए पनि कार्यान्वयन हुन नसकेको पत्रकारले गुनासो गरेका छन् ।

चितवनमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासङ्घ चितवन शाखाको संयोजनमा आयोजित ‘श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजीवी पत्रकार र मिडिया सञ्चालकका समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने पत्रकारले पूर्णरुपमा सञ्चारगृहमा काम गर्दा पनि न्यूनतम पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।

पत्रकारले ऐन कागजमा मात्र कार्यान्वयन भएको तर व्यवहारमा लागू हुन नसकेको बताएका छन् । एक वर्षअघि नै निर्धारण भएको न्यूनतम पारिश्रमिक अझै कार्यान्वयन नभएको पत्रकारको गुनासो छ । बढ्दो महँगीलगायतका कारणले जीविकोपार्जनमा देखिएको समस्यालाई मध्यनजर गरी श्रमजीवी पत्रकार, कामदार, कर्मचारीको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीले ऐनले तोकेका कुरा नपाउनु श्रम शोषण भएको बताए । उनले भने, “मिडियाको स्थायित्वसँगै पत्रकारलाई तोकिएको पारिश्रमिक दिलाउन समिति क्रियाशील छ, समितिको आन्दोलन देखावटी होइन यसले केही सुधार पनि भएको छ ।”

सरकार र ठूला मिडिया सञ्चालकले न्यूनतम पारिश्रमिकका मुद्दामा आन्दोलन र एजेण्डा बनाउनुपर्ने दिन आउँदैन भनेर प्रतिबद्धता जनाए पनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको पराजुलीको भनाइ थियो । उनले भने, “श्रमजीवी पत्रकारले अरुका बारेमा समाचार लेख्दै गर्दा आफ्नाबारेमा हुने गरेका ऐनको कार्यान्वयनका विषयमा गम्भीर भएर लाग्न सकिरहेका छैनन् ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले पत्रकारलाई आफ्नो दक्षता विकासमा ध्यान केन्द्रित गर्न सुझाव दिए । उनले भने, “सरकारले ऐन नियम बनाएन, बनाएको पनि कार्यान्वयन गरेन भनेर बस्नुभन्दा पनि आफूलाई बलियो र क्षमतावान् बनाउनुपर्छ ।”

न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसलाई आधार मानेर नेपाल सरकारले विसं २०७५ कात्तिक मसान्तबाट लागू हुने गरी पत्रकारको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेको थियो ।

ठूला सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारका लागि रु २४ हजार ३७५ र साना सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारका लागि रु १७ हजार ६२५ न्यूनतम पारिश्रमिक तोकिएको छ । त्यस्तै कर्मचारीका लागि ठूला मिडियामा रु १८ हजार र साना मिडियाका कर्मचारीका लागि रु १५ हजार न्यूनतम पारिश्रमिक तोकिएको समितिले जनाएको छ ।

कार्यक्रममा प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण गिरी, सिर्जना अर्याल, जिल्ला शाखा अध्यक्ष राधेश्याम खतिवडालगायतले पत्रकारको पारिश्रमिक कार्यान्वयनमा जोड दिएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ८ : २१ बजे

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ