अन्ततः सन्दीपले पाए अमेरिकाको भिसा | Khabarhub Khabarhub

अन्ततः सन्दीपले पाए अमेरिकाको भिसा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाका प्रवेशाज्ञा (भिसा)का लागि आवेदन दिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्ततः भिसा पाएका छन् ।

पहिलोपटक आवेदन गर्दा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले मंगलबार पुनः बोलाएर सन्दीपलाई भिसा दिएको हो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीपले अमेरिकाको भिसा अप्लाइ गरेका थिए ।

तर, नेपालस्थित अमेरिकी दूतावासले भने भिसा आवेदन रद्द गरिदिएको थियो ।

आफूले दिएको भिसा आवेदन अमेरिकी दूतावासले अस्वीकार गरेकामा आश्चर्य व्यक्त गर्दै सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसबीच दूतावासले सन्दीपलाई पुनः बोलाएर अन्तर्वार्ता लगायत (प्राविधिक) प्रक्रिया पूरा गरेर भिसा प्रदान गरेको हो ।

अमेरिकी दूतावास स्रोतले सन्दीपको भिसा अप्लाइको प्रक्रियामा केही प्राविधिक त्रुटी भएका कारण पहिलोपटकको आवेदन अस्वीकृत भएको हुनसक्ने जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  २ : २७ बजे

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको