खाडीका देश र मलेसियाभन्दा भारतबाट भित्रिन्छ धेरै रेमिट्यान्स | Khabarhub Khabarhub

खाडीका देश र मलेसियाभन्दा भारतबाट भित्रिन्छ धेरै रेमिट्यान्स


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विगत पाँच वर्षअघि ५ खर्बको हाराहारीमा रहेको रेमिट्यान्स आयात अघिल्लो आर्थिक बर्षसम्म आइपुग्दा २ खर्ब थपिएको छ । राष्ट्र बैकले तयार पारेको तथ्यांक अनुसार प्रत्येक वर्ष रेमिट्यान्स भित्रने क्रम बढ्दो छ।

राष्ट्र बैकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा विश्व १ सय ८९ देशबाट ७ खर्ब ८३ अर्ब ७८ करोड ४१ लाख ९८ हजार ८ सय ६ रुपैयाँ रेमिट्न्यान्स नेपाल भित्रिएको छ । आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ७६ अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष ८ अर्ब धेरै रेमिट्यान्स भित्रिएको राष्ट्र बैकले जनाएको छ ।

रोजगारीका लागि बिदेश पुगेका नेपालीले पठाएको रकम हरेक वर्ष बढ्दो छ । आर्थिक बर्ष ०७०/७१ मा नेपालमा ५ खर्ब ४३ अर्ब रेमिट्यान्स भित्रियो भने आर्थिक बर्ष ०७५/७६ मा आइपुग्दा २ खर्ब बढेर ७ खर्ब ८३ अर्ब पुगेको थियो । राष्ट्र बैंकका अनुसार ५ वर्षअघिको तुलनामा अघिल्लो आर्थिक बर्षदेखि ३३.४ प्रतिशतले बृद्धि भएको छ । कुल ग्रहस्थ उत्पादनमा गत आर्थिक वर्षको रेमिट्यान्सको योगदान २९ प्रतिशत रहेको बैंकले जनाएको छ ।

मनी ट्रान्सफर हुँदा अमेरिका भएर आउने भएकाले सबै रकम अमेरिकाबाटै भित्रिएको देखिने राष्ट्र बैकका प्रवत्ता लक्ष्मीपन्ना निरौलाले बताएका छन् ।

रोजगारीका लागि विदेश गएका श्रमिकले मात्र नभई विदेशमा विभिन्न पेसा व्यवसाय गर्नेले पनि नेपालमा रेमिट्यान्स भित्र्याउने गरेको उनको भनाई छ । गत आर्थिक वर्षमा अमेरिकाबाट १ खर्ब ८६ अर्ब २३ करोड ६२ लाख ४६ हजार ३ सय ९ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

यो रेमिट्यान्स युरोपका देशबाट अमेरिका हुँदै नेपाल भित्रिएकाले त्यहाँबाट आएको विप्रशेण धेरै देखिएको प्रवक्ता निरौलाले जानकारी दिए । उनले भने, ‘विगत दुई वर्षदेखि नेपालमा रेमिट्यान्सदर बढीरहेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्यामा गिरावट आएपनि रेमिट्यान्समा असर परेको छैन ।’

कुन देशबाट कति रेमिट्यान्स

गत आर्थिक वर्षमा अमेरिकाबाट १ खर्ब ८६ अर्ब २३ करोड ६२ लाख ४६ हजार ३ सय ९ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो विभिन्न देशबाट अमेरिका हुँदै नेपाल रेमिट्यान्स आएका कारण धेरै देखिएको केन्द्रीय बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा भारतबाट धेरै रेमिट्यान्स भित्रिएको राष्ट्र बैकको तथ्याङ्कले देखाएको छ । यो आर्थिक वर्षमा भारतबाट ९२ अर्ब ५० करोड १५ लाख ९१ हजार २८ रुपँयौ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

भारतपछि साउदी अरबबाट धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । साउदीबाट ८८ अर्ब ५२ करोड ९५ लाख ९३ हजार ३ रुपँयाँ रेमिट्यान्स भित्रिएको बैकको तथ्याङ्कमा छ ।

साउदीपछि युएईबाट धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । युएईबाट यो आर्थिक वर्षमा ८ ४ अर्ब ६ करोड ७१ लाख २२ हजार ९ सय ७३ रुपँयौ रेमिट्यान्स भित्रिएको बैकको तथ्याङ्कमा छ ।

युएईपछि मलेसिया धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । मलेसियाबाट गत आर्थिक वर्षमा ७३ अर्ब ९५ करोड २४ लाख ५३ हजार ६ सय ९४ रुपँयौ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा मलेसियाबाट सवैभन्दा धेरै रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

यस्तै, जापानबाट ६६ अर्ब ७ करोड २ लाख ८१ हजार ५ सय ९८ रुपँयौ, रोमनियाबाट ५५ अर्ब ५४ करोड २१ लाख २८ हजार ३ सय ३६ रुपैयाँ, दक्षिण कोरियाबाट ३२ अर्ब ६९ करोड १९ लाख ४१ हजार ४ सय ४४ रुपैयाँ, बहराइनबाट २३ अर्ब ६४ करोड ८० लाख १३ हजार ३ सय ७० रुपैयाँ, कतारदेखि १८ अर्ब ७४ करोड ६० लाख २२ हजार ९३ रुपैयाँ, कुवेतबाट १४ अर्ब ५७ करोड ४ लाख २७ हजार ५ सय ४ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको बैकको तथ्याङ्कमा छ ।

यस्तै, अस्टेलियाबाट १० अर्ब ५३ करोड ३३ लाख ५८ हजार २ सय ७५ रुपैयाँ, बेलायतबाट ९ अर्ब ५६ करोड ९७ हजार २ सय ३८ रुपैयाँ र ओमनबाट ४ अर्ब ८७ करोड १४ लाख ४४ हजार ३१ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको बैकको तथ्याङ्कमा उल्लेख छ । यस्तै अन्य देशदेखि पनि नेपाल वार्षिक करोडको हारहारीमा रेमिट्यान्स नेपाल भित्रिने गरेको बैकको तथ्याङ्कमा उल्लेख छ ।

कुन आर्थिक बर्षमा कति रेमिट्यान्स भित्रियो

आर्थिक वर्ष ०७०/७१ मा ५ खर्ब ४३ अर्ब आर्थिक वर्ष ०७१/७२ मा ६ खर्ब १७ अर्ब आर्थिक वर्ष ०७२/७३ मा ६ खर्ब ६५ अर्ब आर्थिक वर्ष २०७३/०७४ मा ६ खर्ब ९५ अर्ब आर्थिक वर्ष २०७४/०७५ मा ७ खर्ब ७६ अर्ब र आर्थिक वर्ष २०७५/७६ मा ७ खर्ब ८३ अर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैकको तथ्याङ्कमा उल्लेख छ ।

विगत ६ वर्षदेखि अमेरिकी डलरमा भएको घढबढका कारण पनि विप्रेशणमा उतारचढाव आएको बैकले जनाएको छ । । आर्थिक वर्ष ०७०/७१ देखि नेपालमा रेमिट्यान्स वार्षिक रुपमा बढिरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ८ : ५८ बजे

कतारका राजालाई एयरपोर्टमै राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत (तस्बिरहरु)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन

लगानी सम्मेलनको बाहनामा गिरीबन्धुलाई मालामाल

काठमाडौं- सरकारले लगानी सम्मेलनको बाहना बनाएर झापाको गिरीबन्धु टी स्टेटको

युट्यूबलाई वैकल्पिक मिडिया बनाउने यी योद्धा

काठमाडौं– केही समयअघिसम्म एकाध टेलिभिजनलाई श्रव्यदृश्य समाचारको मूलधार मानिन्थ्यो ।

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु