कस्ता पुरुषसँग टाढा भाग्छन् महिला ? | Khabarhub Khabarhub

कस्ता पुरुषसँग टाढा भाग्छन् महिला ?


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महिला र पुरुषको सम्बन्ध एक रथको दुई पांग्राका रुपमा लिइन्छ । पारिवारिक सम्बन्ध मजबुत बनाउनी उनीहरुबीच सहकार्य र सद्भाव हुनु जरुरी हुन्छ । उनीहरुबीच विश्वास हुनुपर्छ ।

युवा युवतीमा यस्तो विश्वासको अभाव खड्किएको पाइन्छ । यदी कुनै युवतीलाई मन पराउनुहुन्छ भने तपाईले केही आफ्नो आनीबानीमा पक्कै परिवर्तन ल्याउन जरुरी हुन्छ । महिलाहरुलाई के कुरा मन पर्दैन यसबारे जानकारी लिनैपर्छ जसले भविष्यमा समस्या नआओस् ।

प्राय महिलाहरुले पुरुषका यस्ता गुणहरु मन पराउँदैनन्, जुन निम्न छन्–

आफ्नै तारिफ गर्ने पुरुष
कुनै पनि महिलाले पुरुष आफैले आफ्नो औधी तारिफ गरेको फिटिक्कै मन पराउँदैनन् । आफ्नै तारिफ गर्ने पुरुषबाट महिला टाढा भाग्छन् ।

फ्लर्ट गर्ने पुरुष
पुरुषमा फ्लर्ट गर्ने बानी सामान्य हुन्छ । यस्ता पुरुष जो सुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा हुन्छन् ।

सधैं प्रश्न गर्ने पुरुष
पुरुषहरु आफ्ना प्रेमिकाप्रति निकै सशंकित हुन्छन् । हरेक कुरामा प्रश्न गरिरहेका हुन्छन् । कहिले कतिबजे कहाँ गइरहेका छन् उनीहरुलाई हरेक कुराको जानकारी चाहिन्छ । चाहिनेभन्दा बढी सवाल–जवाफ गर्ने पुरुष पनि महिलालाई मनपर्दैन ।

केयर नगर्ने पुरुष
महिलालाई केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ । यसको विपरित यदि कोही पुरुषले उनीहरुको मेसेज र फोन कलको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन ।

पुरुष मित्रसँग इर्ष्या गर्ने पुरुष
धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरु मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमान्दार किन नहोस् शंका गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले इर्ष्या नै गरिरहेका हुन्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा भाग्ने गर्छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ०६ बजे

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ