कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित | Khabarhub Khabarhub

कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले सङ्घ र प्रदेशअन्तर्गतका २० कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।

अनुगमन गरिएका कार्यालयका हाजिरी रजिस्टर छड्के टोलीले प्रशासन कार्यालयमा लगेर हेरेको थियो । छड्के अनुगमनमा १९ अधिकृत र ७७ अन्य कर्मचारी कार्यालयमा हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

खानेपानी डिभिजन कार्यालय, नापी कार्यालय र घरेलुका कार्यालयबाहेकका अन्य कार्यालयमध्ये समयमै कार्यालय नजानेमा जिल्ला अस्पतालका रहेका छन् । जिल्ला अस्पतालका डा सुशील मरासिनी वैशाखदेखि कार्यालयमा अनुपस्थित रहे भने अस्पतालका प्रमुख डा.अमृत पोखरेल साउन १३ गतेदेखि अनुपस्थित रहेको पाइएको छ ।

जिल्ला अस्पतालजस्तो संवेदनशील कार्यालयमा एकैपटक सबै अधिकृत अनुपस्थित हुनु दुःखद भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : ५९ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या