इरानमा आत्मघाती बम विष्फोट, रिपब्लिकन गार्डका २० सैनिक मारिए | Khabarhub Khabarhub

इरानमा आत्मघाती बम विष्फोट, रिपब्लिकन गार्डका २० सैनिक मारिए


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानमा भएको आत्मघाती बम आक्रमणमा २० जनाको ज्यान गएको छ । इरानको दक्षिणपूर्वी शहरहरु जाहेदान र खाह शहरको बीचमा पर्ने सडकमा इरानको रिपब्लिकन गार्ड चढेको सवारीलाई लक्षित गरी आत्मघाती बम आक्रमण भएको इरानका फार्स समाचार संस्थाले जनाएको छ । आक्रमणमा मारिनेमा सबै रिपब्लिकन गार्डका सैनिक छन् ।

आक्रमणमा अरु १० जना रिपब्लिकन गार्डका सैनिक पनि घाइते भएको इरानी अधिकारीले जनाएका छन् । आक्रमणमा कुन समूहको हात छ भन्ने स्पष्ट नभइसकेपनि त्यस क्षेत्रमा सुन्नी अतिवादी लडाकुहरु सक्रिय रहेको बताइन्छ ।

शिया बहुल इरानमा सुन्नी अतिवादीहरुले बेलाबेला सैनिक तथा गैरसैनिक निशालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १० : २८ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार