भारतले किन्यो ७ सय करोडको अत्याधुनिक हतियार | Khabarhub Khabarhub

भारतले किन्यो ७ सय करोडको अत्याधुनिक हतियार


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले फास्ट ट्रयाक प्रकृयामार्फत् अमेरिकी कम्पनीसँग ७ अर्ब भारतीय रुपैयाँ बराबरीको ७२ हजार ४ सय असल्ट राइफल खरिद सम्झौतामा हस्ताक्षर गरेको छ । यसबारे मंगलबार भारतीय रक्षामन्त्रालयले जानकारी दिएको छ । यि राइफलहरु अमेरिकी सुरक्षाबल सँगै केही युरोपेली देशका सेनाले पनि प्रयोग गर्दै आएका छन् ।

फास्ट ट्रयाक प्रोक्योर्मेन्ट एफटीपी प्रकृयामार्फत् एसआईजी जार असल्ट राइफल खरिदका लागि अमेरिकासँग सम्झौतामा हस्ताक्षर गरिएको भारतीय अधिकारीले जनाएका छन् । यस सम्झौताअनुसार एक वर्षभित्र भारतलाई अमेरिकाबाट ७४ हजार ४ सय ७.६२ एमएमका एसआइजी राइफल उपलब्ध हुनेछन् ।

राइफल ७ अर्ब भारतीय रुपैयाँको मूल्यमा खरिद गर्न लागिएको हो । अधिकारीहरुका अनुसार हाल भारतीय सशस्त्र बलले ५.५६×४५ एमएमको इन्सास राइफल प्रयोग गर्दै आएको छ । इन्सास राइफलको बदलामा अब ७.६२×५१ एमएमको असल्ट राइफल प्रयोग गर्नुपर्ने आवश्यकता महसुस हुन थालेको भारतीय अधिकारीहरु बताउँछन् । यि असल्ट राइफलहरु छोटो, ठोस, आधुनिक प्रविधिको तथा युद्धको परिस्थितीका लागि काममा ल्याउन पनि सहज रहेको बताइन्छ ।

यसअघि यसै महिनाको सुरुमा भारतीय रक्षामन्त्री निर्मला सीतारमणले असल्ट राइफल खरिदका लागि अनुमति दिएकी थिइन् । चीनको सीमामा तैनाथ सैनिकहरुले यी राइफलको प्रयोग गर्ने बताइएको छ । यसअघि सन् अक्टोबर २०१७ मा भारतीय सेनाले ७ लाख राइफल, ४४ हजार लाइट मेसिन गन एलएमजी, करिब ४४,६०० कार्बाइनको खरिद प्रकृया सुरु गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : ३८ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना