बाढी पहिरोले अवरुद्ध यी सडक सुचारु, केही सडकको अवरोध खुलाउने प्रयास जारी | Khabarhub Khabarhub

बाढी पहिरोले अवरुद्ध यी सडक सुचारु, केही सडकको अवरोध खुलाउने प्रयास जारी


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न राजमार्ग र  बाटो सुचारु भएको छ ।

बाढी र पहिरोका कारण शुक्रबार र शनिवार विहानदेखि अवरुद्ध भएका सडकहरु सूचारु भएको हो ।

धादिङ बेनिघाटरोराङ गाउँपालिका-१० बादरेमोडस्थित पृथ्बी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पूर्ण बाटो सुचारु भएको छ ।

त्यस्तै नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमानगरपालिका-२२ स्थित महेन्द्र राजमार्ग, मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड खुलेको छ ।

ईलाम सूर्योदय नगरपलिका-९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका-२ स्थित तल्लो डुङ्गेश्वर सियाकोट सुर्खेत सडकखण्ड लगायतमा भएको अवरोध प्रहरीले हटाई बाटो खुलाएको हो ।

यसैगरी रौतहट चन्द्रनिगाहापुर-२ स्थित पुर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुचारु, पाँचथर मेची राजमार्ग, ईलाम रोङ गाउँपालिका-४ स्थित मेची राजमार्ग, तेह्रथुम लालिगुँरास नगरपालिका-९ काडेस्थित म्याङलुङ बसन्तपुर सडकखण्ड लगायतका ठाउँमा अबरोध भएकोमा प्रहरीले एकतर्फी बाटो खुलाएको छ ।

यी सडक खुल्न बाँकी

कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ ।

जसमध्ये रामेछाप, काभ्रे, सिन्धुली, मुस्ताङ, मनाङ, उदयपुर, खोटाङ, ओखलढुङगा, मकवानपुर, महोत्तरी, रसुवा, कालिकोट, ईलाम, कपिलबस्तु, सल्यान, धनकुटा लगायत जिल्लाका विभिन्न स्थानको सडक अवरोध खुलाउने कार्य हाल जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ८ : ३६ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा