बाढी पहिरोले कुन जिल्लामा कतिको लियो ज्यान (नामसहित) | Khabarhub Khabarhub

बाढी पहिरोले कुन जिल्लामा कतिको लियो ज्यान (नामसहित)


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

असार २६ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरो र घर भत्कदा मानिसहरुको ज्यान गएको हो ।

बाढी पहिरोमा परि ज्यान गुमाउनेको नामावली

पर्सा – १ जनाको मृत्यु (निखील पटेल)
भोजपुर – २ जना मृत्यु (जनक वि.क. र जगत बहादुर राई)
रामेछाप – १ जनाको मृत्यु (पदम कुमारी सुनुवार)
सिन्धुली – २ जनाको मृत्यु (हेमकुमारी सुनुवार र कार्वन कपारी)
काभ्रेपलान्चोक – ३ जनाको मृत्यु (गोमा दंगाल, सुहावी दंगाल, कृष्णदेवी रायमाझी)
ललितपुर – ६ जनाको मृत्यु (सरोज जिम्वा,अविरल गोले, संन्दिप लोल्हो, सुवेश बस्नेत, सिता रानामगर, सानु मैया लोल्हो)
काठमाण्डौ – ३ जनाको मृत्यु (सर्मिला यादव, नितु यादव र कुन्दन यादव)
धादिङ्ग – २ जनाको मृत्यु (अस्मिता तामाङ्ग, राज कुमार ठकुरी )
खोटाङ्ग – ३ जनाको मृत्यु (रेखा राई, रोमन राई र रोहन राई)
मकवानपुर – २ जनाको मृत्यु (सन्तमाया बलामी र सानुकान्छा सुनुवार)
बारा – १ जनाको मृत्यु (विक्कु यादव)
ईलाम – १ जनाको मृत्यु (मानाहाङ्ग लावती )
झापा – १ जनाको मृत्यु (ऐलिजा न्यौपाने )
ओखलढुङ्गा –१ जनाको मृत्यु (पासाङपुटी शेर्पा)

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ३ : ५५ बजे

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार