जब अस्पतालबाटै शिशु चोरेर भागिन् यी महिला | Khabarhub Khabarhub

जब अस्पतालबाटै शिशु चोरेर भागिन् यी महिला


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तानसेन–लुम्बिनी मेडिकल कलेज प्रभाषबाट शुक्रबार हराएको नवजात शिशु भेटिएको छ । तानसेन नगरपालिका–९ डाँडाडुमका २२ वर्षीय जमुना रानाको नवजात शिशु शुक्रबार अपराह्न ३:०० बजेतिर अस्पतालबाट हराएको थियो ।

कालीगण्डकी गाउँपालिका मिर्मी बजार क्षेत्रमा शनिवार बिहान शिशुसहित महिला भेटिएकी हुन् । पाल्पा र स्याङ्जा प्रहरीको टोलीले मिर्मी बजार क्षेत्रबाट शिशुसहित महिलालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले हराएको शिशु र शिशुलाई चोर्ने महिलालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय ल्याएको बताए ।

प्रसूतिका लागि जमुना शुक्रबार बिहान ९: ३० बजे लुम्बिनी मेडिकल कलेजमा आएकी थिइन् । बिहान ११:५६ मिनेटमा रानाको दुई किलो ७१० ग्रामको शिशु जन्मेको थियो । सुत्केरी छोरी जमुना रेखदेखका लागि आमा अस्पतालमा थिइन् ।

करीब अपराह्न २:०० बजे अपरिचित महिलाले जमुनाको आमासँग भर्खर जन्मेको शिशुलाई खेलाउन मागेको तथ्य बाहिर आएको छ । आमाले छोरी जमुनाका लागि झोलिलो परिकार खोज्न खाजाघर निस्केका बेला महिलाले शिशु चोरेर भागेको प्रहरीले जनाएको छ ।

अस्पतालमा सिसीटिभी नभए पनि होटलको सिसीटिभीको सहयोगमा शिशु बोकेर हिँडेकी महिलाको ‘फुटेज’ सङ्कलन गरेको प्रहरीले जनाएको छ । प्रहरीसँग रहेको फुटेजका आधारमा महिलाले पछाडि झोला, अगाडि शिशु बोकेर अस्पताल क्षेत्रबाट बाहिर निस्केको देखिएको थियो । करीब ४५ वर्षीया महिला हुनुपर्ने प्रहरीको अनुमान छ । ती महिलाको अझै सनाखत हुनसकेको छैन ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  २ : २३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०