अन्नपूर्णका मनै लोभ्याउने तस्वीर (फोटोफिचर) | Khabarhub Khabarhub

अन्नपूर्णका मनै लोभ्याउने तस्वीर (फोटोफिचर)


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण हिम श्रृङ्खलामा अन्नपूर्ण प्रथम (८,०९१ मिटर) अन्नपूर्ण द्वितीय (७,९३७ मिटर), अन्नपूर्ण तृतीय (७,५५५ मिटर), अन्नपूर्ण चौथो (७५२५ मिटर) अन्नपूर्ण दक्षिण (७२१९ मिटर) र गंगापूर्ण (७४५५ मिटर) लगायतका हिमालहरु छन् । त्यस्तै यहाँ तिलिचो हिमाल, नीलगिरी पर्वत, माछापुच्छ्रे, हिउँचुली र गन्धर्व चुलीसमेत छन् । ५५ किलोमिटर लम्बाई रहेको यो हिम श्रृङ्खलालाई पूर्व र उत्तरमा मस्याङ्दी नदी, पश्चिममा कालीगण्डकीको गल्छी, दक्षिणमा पोखरा उपत्यकाले घेरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र यहाँको पश्चिमी क्षेत्रमा पर्छ ।

अन्नपूर्ण संस्कृत शब्द अन्न र पूर्ण मिलेर बनेको हो । तर, स्थानीय रुपमा अन्नपूर्ण हिमाललाई ‘अन्नकी देवी’ का रुपमा अथ्र्याइन्छ । हिन्दुहरुका लागि अन्नपूर्ण आमा हुन् जसले सबैलाई अन्न खुवाएर भोकमरीबाट जोगाउँछिन् । सोही कारण उनलाई निकै श्रद्धा समेत गरिन्छ । गंगा किनारको पवित्र काशी क्षेत्रमा अन्नपूर्णको मन्दिर समेत छ । सोही कारण उनलाई देवी लक्ष्मीको रुपमा समेत श्रद्धा गरिन्छ ।

कुनै समय अन्नपूर्णलाई आरोहण गर्न सबैभन्दा कठिन हिमालको रुपमा लिइन्थ्यो । तर, हाल भने धेरै आरोहीहरुले अन्नपूर्णको आरोहण गर्ने गरेका छन् । यहाँको प्राकृतिक सुन्दरताले धेरै आरोही तथा पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

अन्नपूर्ण प्रथमको आधार शिविर (४१८० मिटर) मा रहेको हिमताल

यसै सिजनमा पनि धेरै आरोहीहरुले अन्नपूर्णको आरोहण गरेका छन् । गत अप्रिलमा मात्र १५ आरोही तथा १७ जना सहयोगी शेर्पा गरी ३२ जनाले विश्वको १० औं सर्वोच्च अन्नपूर्णको शिखरमा पाइला राखेका थिए ।

अन्नपूर्ण प्रथमको पहिलो आरोहण मौरिस हेर्जोगको नेतृत्वमा फ्रेन्च आरोहण दलले सन् १९५० जुन ३ मा गरेको थियो । ८ हजार मिटर माथिको हिमालको यो पहिलो आरोहण अभियान थियो । त्यसको २० वर्षपछिमात्र दोश्रो आरोहण दल अन्नपूर्ण प्रथमको शिखरमा पुग्न सफल भएको थियो । सन् १९७० मा क्रिस बोनिङटनको नेतृत्वमा दोश्रो पटक अन्नपूर्णको आरोहण गरिएको थियो । पर्वतारोहणको क्षेत्रमा निकै प्रतिष्ठित नाम भएपनि अन्नपूर्णको आरोहण निकै जोखिमपूर्ण मानिन्छ । यहाँ आरोहण गर्ने एकतिहाई आरोहीले ज्यान गुमाएका छन् । सोही कारण यहाँ थोरै मात्र आरोहीहरु आरोहणका लागि जाने गरेका छन् ।

पहिलो आरोहण अभियानका क्रममा पनि मौरिस हेर्जोग र लुई लकानेलले ठूलो मूल्य चुकाउनु परेको थियो । आरोहण अभियानका क्रममा उनीहरुको हात र खुट्टाको औँला हिउँले खाएको थियो भने आरोही लकानेल हिम नदीमा खस्न पुगेका थिए । यसैको उपचारका क्रममा उनको ५ वर्षपछि निधन भएको थियो । सन् १९९० यतामात्र अन्नपूर्ण प्रथम आरोहणमा जाने १५७ जना आरोहीले ज्यान गुमाइसकेका छन् ।

तातोबानीबाट अन्नपूर्ण आधार शिविरका लागि उड्न लागेको हेलिकोप्टर

अन्नपूर्ण क्षेत्र हिमाली वातावरणको संरक्षणको हिसाबमा पनि उत्तिकै संवेदनशील मानिन्छ । यहाँ विभिन्न किसिमको जंगल, जनावर बनस्पती तथा अन्य पर्यावरण छन् । नेपालकै पहिलो अन्नपूर्ण संरक्षण क्षेत्र ७६२९ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ । त्यस्तै, यो क्षेत्र अन्नपूर्ण सर्किट तथा अन्नपूर्ण स्यान्चुरीजस्ता विश्वस्तरीय पदयात्राका लागि पनि उत्तिकै प्रख्यात छ ।

अन्नपूर्णको पूर्वी मोहोडाको दृश्य
क्याम्प १ (५२५० मिटर) का लागि हिँडेका आरोही
अन्नपूर्णको पश्चिमी मोहोडाको दृश्य
हिमनदीबाट क्याम्प १ का लागि हिँडेका आरोही
क्याम्प १ बाट क्याम्प २ (५७०० मिटर) का लागि आरोही अघि बढ्दै
उपल्लो शिविरतर्फ उकालो चढ्दै आरोही (हावाहुरीको समयमा)
शिविरमा गाडिएका पाल
क्याम्प ४ नजिकै (७०५० मिटर) मा देखिएका आरोही
उत्तर पश्चिमी मार्गबाट शिखर तर्फ उक्लिँदै गरेका आरोही
शिखरतर्फको अन्तिम कदमहरु
शिखरतर्फको अन्तिम कदमहरु
शिखरतर्फको अन्तिम कदमहरु

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १२ : १० बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति