उपरथीमा बढुवा भएका ५ जनालाई दर्ज्यानी चिह्न प्रदान | Khabarhub Khabarhub

उपरथीमा बढुवा भएका ५ जनालाई दर्ज्यानी चिह्न प्रदान


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २५ माघ २०७५ को मन्त्रिपरिषदको वैठकको निर्णयानुसार नेपाली सेनाको उपरथीमा बढुवा भएका ५ जनालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिह्न प्रदान गरेका छन

मन्त्रिपरिषद् वैठकले सहायक रथीहरु बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयानुसार बढुवा भएका ५ जना उपरथीलाई प्रधानसेनापति थापाले बुधवार जंगी अड्डामा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

बढुवा भएका उपरथीहरुमध्ये बालकृष्ण कार्कीलाई सुदूरपश्चिम पृतनापति, सरोज प्रताप राणालाई उत्तरपश्चिम पृतनापति, अनन्त कार्कीलाई कार्यरथी विभाग, सिताराम खड्कालाई मध्यपश्चिम पृतनापति र ताराध्जव पाण्डेलाई निरीक्षणाधिकृत कार्यालयको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ९ : ०१ बजे

दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा छ जना खेलाडी सहभागी हुँदै

काठमाडौं– प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा  ६ खेलाडी सहभागी हुने

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी