लागूऔषध कारोबारी एल च्यापो दोषी ठहर, जन्मकैद हुनसक्ने | Khabarhub Khabarhub

लागूऔषध कारोबारी एल च्यापो दोषी ठहर, जन्मकैद हुनसक्ने


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकोका कुख्यात लागूऔषध कारोबारी योयाकिम एल च्यापो गुजमन अमेरिकामा १० अभियोगमा दोषि ठहर भएका छन् । अमेरिकाको न्यूयोर्क शहरमा रहेको ब्रुकलिन अदालतले मेक्सिकोको सबैभन्दा शक्तिशाली लागूऔषध कार्टेल सिनाओलाका प्रमुख एल च्यापोलाई १० अभियोगमा दोषि ठहर गरेको हो ।

उनी कोकेन, हेरोइनको तस्करी, गैरकानूनी हतियार राखेको, हत्या, सम्पत्ति शुद्धिकरणलगायतका १० अभियोगमा दोषि ठहर भएका हुन् । उनले नेतृत्व गरेको सिनाओला कार्टेल मेक्सिकोबाट अमेरिकामा लागूऔषध तस्करी गर्ने सबैभन्दा शक्तिशाली लागूऔषध कार्टेल मानिन्छ ।

त्यसकारण उनी सन् २००९ मा फोब्र्स पत्रिकामा सबैभन्दा धनी मानिसहरुको सूचिमा ७ सय १ औं स्थानमा पनि अटाएका थिए । तत्काल सजाय नसुनाइएपनि उनलाई आजीवन कारावासको सजाय हुनसक्ने जनाइएको छ ।

उनी सन् २०१४ मा मेक्सिकोमा पक्राउ परेका थिए । त्यसको एक वर्ष नबित्दै उनी मेक्सिकोको सबैभन्दा सुरक्षित मानिने जेलबाट सुरुङ खनेर नाटकीय रुपमा भागेका थिए ।

त्यसपछि उनलाई मेक्सिकोमा सन् २०१६ मा पक्राउ गरिएको थियो भने सन् २०१७ मा उनलाई अमेरिकामा सुपुर्दगी गरिएको थियो ।

उनलाई अमेरिकामा हालसम्म कोही पनि भाग्न नसकेको कोलोराडो राज्यमा रहेको एडिएक्स नामक जेलमा राखिने जनाइएको छ । सन् १९९४ मा स्थापना भएको यो जेल अमेरिकाकै सबैभन्दा सुरक्षित तथा कठोर मानिन्छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ३ : ४५ बजे

रुसका उपरक्षामन्त्री घुस लिएको आरोपमा पक्राउ

काठमाडौं– रुसी अदालतले बुधबार रक्षा मन्त्री सर्गेई शोइगुका एक सहायकलाई

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा

यु-२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले काजकिस्तानको अस्तानामा हुने

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिले भेटे अर्थमन्त्री पुनलाई 

काठमाडौं– नेपालका  बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको

महिला नेतृत्वको जलविद्युत आयोजनामा थप कर छुट माग

काठमाडौं – महिलाले नेतृत्व गरेको जलविद्युत आयोजनामा थप कर छुट