हिउँद सकिने बेलाको हिउँ : कतै रमाइलो, कतै सास्ती (फोटो कथा) | Khabarhub Khabarhub

हिउँद सकिने बेलाको हिउँ : कतै रमाइलो, कतै सास्ती (फोटो कथा)


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौसममा आएको बदलीसँगै गतसाता देशका विभिन्न ठाउँमा झरी पर्‍यो । हिमाली र उच्च पहाडी क्षेत्रमा बर्षासँगै भारी हिमपात पनि भयो ।

मौसममा क्रमिक सुधार हुँदै गएपछि पहाडी क्षेत्रको हिउँ पनि पग्लिदै गएको छ । तर, केही ठाउँमा भने अझै पनि हिउँ बाकी छ ।

उच्च पहाडी क्षेत्रमा हिउँ बाँकी नै रहँदा कतिपय ठाउँमा रमाइला छ भने केही ठाउँमा हिउँका कारण सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।

यी दुई तस्वीर अन्नपुर्ण पदमार्ग क्षेत्रका हुन् । पर्यटकहरु मनाङ चामे गाउँपालिका तिमाङको उकालो उक्लदैछन् ।

गतसाताको हिमपातका कारण पर्यटकहरुले पदमार्गमै हिउँसँग रमाउने मौका पनि पाएका छन् ।

यी दुई तस्वीर राससका लागि नवीन लामिछाने खिचिका हुन् ।


यी दुई तस्वीर भने हिमाली जिल्ला मुस्ताङका हुन् । घरपझोङ गाउँपालिका– ५ नमुना आधारभुत विद्यालय ठिनीमा हिउँको वास्ता नगरी विद्यार्थीहरु पढ्न गएका बेला राससका लागि रित मगरले तस्वीर खिचेका हुन् ।

मुस्ताङ जिल्लामा बुधबारदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ ।


यो तस्वीर पनि हिमाली जिल्ला मुस्ताङकै हो । बेनी–जोमसोम सडक खण्ड निर्माणका लागि खटिएका मजदुरहरु हिउँले ढाकेको जंगलमा त्रिपाल राखेर बसिरहेका छन् ।

यो तस्वीर राससका लागि निरज थकालीले खिचेका हुन् ।


यो एक अर्का तस्वीर छ, भोजपुर जिल्लाको । हिउँ परेपछि भोजपुरको मैयुङ डाँडामा देखिएको मनोरम दृष्यलाई राससका युवराज विष्टले क्यामेरामा कैद गरेका हुन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ३ : २० बजे

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार